पुस ६ बुटवल । प्रथम जिल्ला स्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिताकोको उपाधी आयोजक कालिका मानवज्ञान माबिले जित्न सफल भएको छ ।
रुपन्देही जिल्लाका विभिन्न ३१ विद्यालयका छात्रछात्राले ४८ वटा इभेन्ट्स मेडलका लागि भएको प्रतिस्पर्धामा ३ संवरण, ६ रजत र ४ कास्री सहित १३ पदक जितेर कालिका मानव ज्ञानले रनिङ शिल्ड उचाल्न सफल भएको हो । यसैगरी ३ स्वर्ण,१ रजत र ३ कास्य गरि ७ पदक सहित बुटवलको एभरेस्ट बोर्डिङ स्कुल द्वितीय र ३ संवरण, १ रजत र २ कास्य सहित ६ पदक प्राप्त गरि तिलोत्तमा नगरपालिकाको कुँवरवर्ती बोर्डिङ स्कुल तृतीय भएको छ ।
विजयी विद्यालयलाई बुधवार हुने वार्षिकोत्सब मूल समारोहमा नगद पुरस्कार र शिल्ड प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । वार्षिकोत्सब कार्यक्रम अन्तर्गत मङलबार कालिका गायन तारा र जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएका छन् ।
कालिका मानवज्ञान मावि भूतपूर्व बिद्यार्थी समाजको आयोजनामा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ।
विद्यालयको सेक्टर २ रामनगरमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदिले बुटवललाई गुणस्तरीय शिक्षाको हब बनाउन उपमहानगरपालिकाले बुटवलमा एक विद्यालय ,एकै पाठ्यक्रम ,एकै पोशाक र सुविधाको अवधारणा अघि सारेको बताए ।
विद्यालयको ६१ औं वार्षिकोत्सब मूल समारोह पुष ७ गते कालिका मानवज्ञान मावि सेक्टर १ कालिकानगरमा हुनेछ । उक्त कार्यक्रममा कालिका रनिङ शिल्ड वितरणका साथै उत्कृष्ट शिक्षक सम्मान गरिनेछ । साथै सोही दिन रुपन्देही जिल्लामा रहि शिक्षा पत्रकारिता गर्ने २ जना पत्रकारलाई कालिका शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।