देशको सिमा रक्षाको लागि पनि लडेकै हौं

दिवस राज पौडेल
यो देशमा राणाका विरुद्धमा लड्यौ , कहिले पन्च्यात विरुद्धमा लड्यौ , देशको सिमा रक्षाको लागि पनि लडेकै हौं । हजारौंका ज्यान गए , लाखौं घाइते भए तर हाम्रा आदोलनहरु रोकिएन अन्त्यत यो देशको बेवास्ता परिवर्तन गरि छाडौं । यसरी रगत र पसिनाले जोडेको देशलाइ मिचेको हेर्ने सक्ने सामर्थ्य हामीमा छैन , हामी कदापि चाहन्नौ कि आफ्नै सन्तानले भनोस मेरा बुबा त लाचार हुन , जस्ले वास्ता नगरेर मेरो देश मिचिएको हो रे । त्यसैले यदि तत्काल नेतृत्वले निर्णय लिएर अगाडि बढेन भने जनता बढ्ने छन तर फरक यो हुने छ कि त्यो आन्दोलन भारतको विरुद्धमा मात्रै होइन देशको सिमा मिचिदा चुपचाप बास्ने भ्रष्ट नेतृत्व विरुद्धमा हुनेछ । म नेपाली नगरिक , यो देशलाई दुख्दा मलाइ पोल्ने , देशको सिमा मिचिदा मेरो शरीरमा आगो बोल्ने , तर यहि देशको नागरिक भएर आफुलाइ नेता ठान्नेहरुलाइ वास्ता नलाग्ने , एकपटक सबैजाना सोँचौ त हामी मध्य कोहि कुन पार्टीका कार्यक्रता होउँला कोहि कुन पार्टीका होउँला जो जो जुनसुकै पार्टीको भए पनि हामिले यस्तै देशमा प्रहार हुँदा लाचार भएर बस्नकै लागि यिनिहरुलाइ नेता बनाएका हौँ त ??यदि कोहि पनि जनप्रतिनिधिले मेरो यो Text पढ्दै हुनुहुन्छ भने एक पटक छातीमा हात राखेर भन्नू होस त ” जय देश जय स्वाभिमान ” केही गर्ने सोँच पलाउँछ कि !

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार