
७ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै गाउँ-ठाउँको सेवामा समर्पित हुने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुकको रूपमा चिनिएको भन्दै मुख्यमन्त्री केसीले कालिका मानवज्ञान जस्ता विद्यालयले आफ्नै गाउँ ठाउँको सेवामा समर्पित हुने खालको जनशक्तिहरु उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो । बुधबार कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सवको अवसरमा आयोजित मुल कार्यक्रमलाई सम्बोधन गर्दैन मुख्यमन्त्री केसीले नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक नभएको बताउनुभयो ।
मुख्यमन्त्री केसीले कालिका मानवज्ञानबाट अन्य विद्यायलले पनि धेरै कुरा सिक्न सक्ने बताउँदै विद्यालयको शिक्षा र भौतिक विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदिले बुटवललाई गुणस्तरीय शिक्षाको हब बनाउन उपमहानगरपालिकाले बुटवलमा एक विद्यालय ,एकै पाठ्यक्रम ,एकै पोशाक र सुविधाको अवधारणा अघि सारेको बताउनु भयो ।