अपाङ्गता भएका ब्यक्तिको सवालमा जनवकालत गर्नुपर्नेमा जोड

जुमान सिंह केसी,
प्युठान । लुम्बिनी प्रदेशका जिल्ला सम्पर्क ब्यक्तिहरुले अपाङ्गता भएका ब्यक्तिको सवालमा जनवकालत गर्नुपर्ने धारणा व्यक्त गरेका छ्न।
अपाङ्गता भएका ब्यक्तिका सवाल साझा बन्न नसक्दा अपाङ्गता भएका ब्यक्तिले विभिन्न समस्या भोग्नु परेको गुनसो बैठकमा गरेका हुन।
शनिबार लुम्बिनी प्रदेश अन्तरगत अपाङ्गता समावेशी तथा पुन:र्स्थापना समिति (सब क्लष्टर) जिल्ला सम्पर्क ब्यक्ति र महिला दौँतरी परामर्शदाताको संयुक्त बैठक भर्चुअलको माध्यमबाट भएको बैठकमा उक्त आवाज आएको हो।
हो!हामी सक्छौं:अपाङ्गता भएका ब्यक्तिहरुको नेतृत्वमा अपाङ्गता समावेशी कोभिड-१९ प्रतिकार्य परियोजनाको दोस्रो चरण अन्तरगत लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका जिल्ला सम्पर्क ब्यक्ति र प्रदेश स्तरीय अपाङ्गता समावेशी तथा पुनःस्थापना समितिका पदाधिकारी, महिला दौँतरी परामर्शदाताहरुको सहभागितामा बैठक सम्पन्न भएको छ।

बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कोभिडबाट प्रभावित अपाङ्गता भएका ब्यक्तिको तथ्यांक संकलन, उनिहरुको अवस्था अध्यन गर्ने ,भर्तुअल परामर्श गर्ने काम गरिएको प्रदेश संयोजक बिमला नेपालले जानकारी दिनु भयो।

अपाङ्गता भएका ब्यक्तिको प्रत्येक जिल्लाबाट सरोकारवाला निकयको नक्शान्कन,अपाङ्गता समाबेसिकरण पुनर्स्थापना र पोस्ट कोभिड्को हेरविचार, संक्रमण रोक नियन्त्रण तथा जोखिम लेखाजोखा, पोस्ट कोभिड र दूर पुनर्स्थापना फारम संकलन गर्ने काम सम्पन्न भएको संयोजक नेपालले जानकारी गराउनु भयो।
अपाङ्गता भएका महिला, युवती, किशोरीहरुको सवालमा तथा उनिहरु सङ सम्बन्धित ब्यक्तिगत समस्यामा समेत महिला दौँतरी परामर्शबाट सेवा प्रदान गरिएको थियो।

संयुक्त बैठकमा अपाङ्गताका विभिन्न सवालमा छलफल भएको थियो साथै परियोजनाको उदेश्य अनुसारका काम अझै बाकी रहेकाले परियोजना थप गर्न पर्नेमा समेत सहभागीले अनुरोध गरेका थिए।
जनवकालतमा आधारित तथ्यांक संकलनले आगामी दिनमा निति, योजना तथा सेवा सुबिधा प्रदान गर्न र सम्बन्धित सरोकारवाला निकाय सम्म पहल पैरवी गर्न सहजता हुने र्राष्ट्रिय संयोजक किशोर रिजालले बताउनु भयो।
हो! हामी सक्छौं परियोजनाले अपाङ्गता समाबेसी तथा पुनर्स्थापना समिति गठन गरि पहिलो चरणमा १० वटा र दोस्रो चरणमा १२ वटा गरि परियोजना अबधिभर २२ वटा संयुक्त बैठक सम्पन्न गरेको छ।
एस परियोजनाले तथ्यांकमा अधारित जनवकालत मार्फत अपाङ्गता भएका ब्यक्तिको प्रक्रिया र संरचना निर्माण गर्नु मुख्य उदेश्य रहेको र्राष्ट्रिय संयोजक किशोर रिजालले बताउनु भयो।

बैठकको अध्यक्षता र्राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचीव हुमनाथ अधिकारीले गर्नु भएको थियो। र्राष्ट्रिय अपाङ्ग महासङ्ग नेपाल, कुस्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखाको आयोजना र बिश्व स्वास्थ्य संगठन नेपालको सहयोग रहेको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार