विद्यालयदेखि विश्वविद्यालयसम्म अभियान भुमिकास्थानकाे वालशिक्षा माविमा

जिबन नेपाली
पुस १६ सुपादेउराली अनलाइन अर्घाखाँची ।
अखिल (छैठौं) केन्द्रीय समितिले तय गरेको विद्यालयदेखि बिश्वबिद्धालयसम्म संगठनात्मक अभियान शुक्रबार अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ काे बाल शिक्षा माबिमा प्रशिक्षात्मक भेला सम्पन्न गरेको छ।

अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जिवन नेपालीको बिशेष उपस्थितिमा प्रशिक्षात्मक भेला सम्पन्न भएको हो।
भेलालाई सम्बाेधन गर्दै अखिल (छैठौं)का केन्द्रीय सदस्य नेपालीले विद्यार्थी राजनीति गर्न हुन्न भन्नी भरम मा नपर्न र विद्यार्थीहरुले विभिन्न विद्यार्थी संगठनले खेलेको भूमिकाको बारे राम्रोसँग बुझेर संगठनमा आबद्ध हुन अनुरोध गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले अखिल (छैठौं) ले खेलेको भूमिका, नीति, सिद्धान्त आगामी कार्य योजनाका बारेमा प्रष्ट पार्नु भएको थियो ।
अध्यक्ष नेपालीले अखिल (छैठौं)ले विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको, हत्या, हिंसा, बलात्कार, पेट्रोलियम पदार्थकोको मूल्य वृद्धि, संघीयता, शैक्षिक विकृतिलगायतको बिरुद्धमा सबै भन्दा अग्रपंक्तिमा आन्दोलनमा सडकमा उत्रिएको बताउनु भएको थियो।

भेलाले दिप्शिखा खनालको अध्यक्षतामा ३१ सदस्यीय अखिल (छैठौं) बाल शिक्षा माबी मूल इकाई समिति गठन गरेको छ। जस्काे उपाध्यक्षमा ,बिष्णु खनाल , सचिव अनिसा खनाल , सहसचिव बिकास परियार , काेषाध्यक्ष रेश्मा थापा चयन हुनु भयको छ।
प्रशिक्षात्मक भेला अनिसा अधिकारिको अध्यक्षता र दिप्शिखा खनालको सन्चालनमा सम्पन्न भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार