लिपुलेकसम्मको सडकमार्ग उद्धाटन गरेको कार्य प्रति युवक संघद्वारा घोर आपत्ति व्यक्त

काठमाडौं । भारतले नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र समावेश गरेको ६ महिनापछि नेपाली भूभाग व्यास र गुन्जी हुँदै लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेको कार्य प्रती अखिल नेपाल युवक संघले घोर आपत्ति व्यक्त गरेको छ ।

शनिबार अखिल नेपाल युवक संघका अध्यक्ष अनिल किशोर घिमिरेद्वारा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तिमा युवक संघले पाँच वर्षअघि भूकम्पले नेपाल अस्तव्यस्त भएको वेला भारत र चीनले नेपालसँग सल्लाह नै नगरी लिपुलेक पासबाट व्यापारिक मार्ग बनाउने सहमति गरेकोमा अहिले कोरोना महामारीबीच भारतले सडकमार्ग उद्घाटनसमेत गर्नुले उसको नेपालमाथीको हेपाहा प्रवृत्तिलाई नै प्रष्ट पारेको र नेपाली सार्बभौमिकता माथी को यस्तो ठाडो हस्तक्षेप को विरुद्ध सबै देशभक्त शक्तिहरु एकजुट भएर संघर्ष मा उत्रन समेत संघले आव्हान गरेको छ।

युवक संघले भारतले कालापानी क्षेत्र औपचारिक रूपमा आफ्नो नक्सामा पारेपछि नेपाल सरकारले बोर्डर आउट पोस्ट (बिओपी) पश्चिम दार्चुलाको लिपुलेक क्षेत्रमा स्थापना गर्न गत कात्तिकमा नै निर्णय गरे पनि आठ महिनासम्म प्रक्रिया अघि बढाएको तथा
त्यसवेला सरकारले चीनसँगको सीमामा हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथांकामा बिओपी स्थापना गर्ने निर्णय गरेको र भारतले नेपाली भुमी मा सडक बनाएको कुरा सरकारले थाहा नपाएजस्तो गरेर चुपचाप बस्नुले उसको नियत बारे प्रश्न खडा गरेको छ।

साथै युवक संघले सरकारलाई तत्काल भारत संग कुटनैतिक पहल गरि अतिक्रमित नेपाली भुमी फिर्ता गर्न माग गर्दै नेपाली राष्ट्रियता र स्वाभिमानको लागि निरन्तर आवाज उठाउने र भारतीय नाङ्गो हस्तक्षेप को विरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी समेत दिएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार