त्रिवि केन्द्रिय क्याम्पस अंग्रेजी बिभागमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

काठमाडौं । त्रिभुवन बिश्वबिधालय केन्द्रिय क्याम्पस किर्तिपुर अंग्रेजी बिभागमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन भएको छ। एम ए तेस्रो सेमेस्टरले आयोजना गरेको कार्यक्रममा एम ए चौथो सेमेस्टर लाई बिदाई तथा पहिलो सेमेस्टर लाई स्वागत गरिएको हो।

अंग्रेजी केन्द्रिय बिभागका प्रमुख प्राध्यापक डा. जिबलाल सापकोटा प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिशिस्ट अथिती प्राध्यापक डा.धुर्ब कार्की अथिती हरुमा डा. मणिभद्र गौतम , डा. तारालाल श्रेष्ठ , उप प्राध्यापक दिवाकर उपाध्याय , उप प्राध्यापक प्रदिप राज गिरि र दिनेश कुमार भण्डारी लगाएत रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. सापकोटाले बिदाई भएर जाने विद्यार्थीहरुको उज्ज्वल भबिस्यको कामना गर्दै विद्यार्थी जीवन , जिम्मेवारी , अनुशासन र कर्तव्य बारे जानकारी गराउनुभएको थियो साथै उहाँले ब्याबहारिक कार्यनयनको पक्ष नै बिश्वबिधालय शिक्षाको महत्त्वपूर्ण पाटो रहेको बताउनु भएको थियो।

बिशिस्ट अतिथि प्रा.डा धुर्ब कार्कीले त्रिभुवन बिश्वबिधालयका विद्यार्थीले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउनु पर्ने त्यसका लागि बिदाई हुने विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो।

चौथो सेमेस्टर बाट बिबेचना शर्मा तिम्सिना, दिपाङकर सेनेहाङ , तेस्रो बाट अनुकृती चौधरी , योगेन्द्र राई प्रथम बाट सैल सुमन सिलवाल र दिपक सिंह ठकुरीले शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रम संयोजक पुरन पोख्रेलको संचालन रहेको कार्यक्रममा प्रतिज्ञा रम्तेलको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रममा तिनओटै सेमेस्टरका विद्यार्थीहरुको गित, नृत्य तथा रचना प्रस्तुत गरिएको थियो। चौथो सेमेस्टर लाई मायाको चिनो र खदा ओढाएर सम्मान गरिएको थियो।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार