टेकराज भुसाल
पुस १७, अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा अवस्थित भगवती कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ।
साधारण सभा तथा अधिवेशनकाे भूमिकास्थान नगरपालिका २ नम्बर वडाका वडा अध्यक्ष बुद्धि बहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।
साधारण सभा तथा अधिवेशनमा भुमिकास्थान नगरपालिकाका कार्यपालिका सदस्य केशरा परियार, नेकपा (माओवादी केन्द) भूमिकास्थान नगर कमिटी सदस्य जगत प्रसाद खनाल, राष्ट्रिय जनमाेर्चाका भुनपा-२ का सचिव नारायण प्रसाद खनाल, भगवती आधारभुत बिद्यालयका शिक्षक लाल अन्जान खड्का, प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीका अध्यक्ष जितेन्द्र खत्री, प्रेम पोख्रेल, काशिराम पाैडेल लगायतले शुभकामना मन्त्वय राख्नुभएको थियो ।
साधारण सभा तथा अधिवेशनले गणेश सुनार अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्ष सरस्वता थापा, सचिव राम बहादुर खत्री, काेषाध्यक्ष कमला खनाल र सदस्यहरुमा क्रमशः देवि बहादुर बस्नेत, हुम बहादुर सुनार, गिता नेपाली, सिता खनाल, भुवन सिंह घम, शुशिला सुनार र विष्णुप्रसाद खनाल चयन हुनुभएको छ।
त्यस्तै साधारण सभा तथा अधिवेशनले चेतकान्त खनाल संयाेजक, जंग बहादुर थापा, मिना सुनार, कमला सुनार र काशिराम पाैडेल सदस्य रहेको सल्लाहकार समिति इन्द्रमणि खनाल संयाेजक देवि बहादुर बस्नेत र कमला खनाल सदस्य रहेको ऋण उपसमिति तथा रामु खत्री संयाेजक हुम बहादुर सुनार र कमला सुनार सदस्य रहेको लेखा उपसमिति र केशरा परियार संयाेजक गिता नेपाली र गाेपाल सुनार सदस्य रहेको शिक्षा उपसमिति समेत चयन गरेको छ।
कार्यक्रम संस्थाका अध्यक्ष चेतकान्त खनालको अध्यक्षता सचिव गणेश सुनारको संचालन र उपाध्यक्ष कमला खनालको स्वागत मन्त्वयमा सम्पन्न भएको थियाे।