त्रिबि इन्टर डिपार्टमेन्ट फुटसल उप-बिजेताको उपाधि CDE लाई

पुस १८ सुपादेउराली अनलाइन काठमाडौं । त्रिभुवन बिश्वबिधालय केन्द्रिय क्याम्पस किर्तिपुरमा भौतिक शास्त्र केन्द्रिय बिभाग द्वारा आयोजित फुटसल २०७८ सम्पन भएको छ।
प्रतियोगिताको उपाधी आयोजक टिमले जितेको छ भने अंग्रेजी केन्द्रिय बिभाग उप बिजेता बनेको छ। सुरुदेखि निकै राम्रो प्रदर्शन गरिरहेको र निकै अनुशासित लयमा रहेको अंग्रेजी बिभागको टिमले एसपाली उपाधि जित्ने अपेक्षा गरिएको थियो।
सुरु देखि अन्त्य सम्मको खेलमा नो रेड नो एल्लो अर्थात एक खेलाडीले पनि कुनै कार्ड नपाउने टिम CDE थियो। टिम म्यानेजर सम्भु भट्ट सहित जगदीश उपाध्याय,मीन बहादुर बगाले, मिलन जंग बस्नेत,आभास देबकोटा,अरुन क्षेत्री , बिजय माझी र मार्सल आचार्य मुख्य टिममा हुनुहुन्थ्यो।
यसैगरी योगेन्द्र राई लगाएत सहायक खेलाडी सहित एम ए तेस्रो सेमेस्टरका पुरन पोख्रेल र चौथो सेमेस्टरका रबिन्द्र हमालको समेत भुमिका रहएको थियो। खेलाडीहरुको समर्थनका लागि तेस्रो सेमेस्टरबाट अनुकृती चौधरी , निशा लिम्बू , प्रतिज्ञा रम्तेल र प्रज्ञा रितु बसौला सहितको नेतृत्वमा थुप्रै बिद्यार्थीहरु फुटसल मैदानमा पुगेका थिए।

२१ टिमको सहभागी रहेको उक्त खेलको समापन समारोहमा केन्द्रिय क्याम्पसका प्रमुख प्रा.डा ध्यानेन्द्र राई, भौतिक शास्त्र बिभागिय प्रमुख प्रा डा ओम प्रसाद निरौला, अंग्रेजी केन्द्रीय बिभाग प्रमुख प्रा डा जिबलाल सापकोटा, खेल संयोजक प्रा डा इस्वर कोइराला र आयोजक विद्यार्थी खेल संयोजक कृष्ण प्र पौडेल रहनुभएको थियो। महिला तर्फ CDM प्रथम र CDP ( psychology ) दोस्रो भएका थिए । पुरुष र महिला दुबैतर्फका बिजेता उपबिजेता टिमलाई प्रमुख अतिथि र अतिथिहरु मार्फत नगदसहित मेडल र प्रमाणपत्र बितरण गरिएको थियो।

उप बिजेता टिमलाई बधाई दिदै अंग्रेजी केन्द्रिय बिभाग CDE का प्रमुख प्रा डा जिबलाल सापकोटाले खेलको नियम बिजेता / उपबिजेता भएपनी आफ्नो बिभागको टिमले गरेको प्रदर्शनको प्रसंशा सहित आगामी खेल जिबनमा अझै राम्रो खेल्न खेलाडीहरुलाई शुभकामना दिनुभयो ।
एम ए तेस्रो सेमेस्टरका विद्यार्थी संयोजक पुरन पोख्रेल सहित विद्यार्थी विद्यार्थीहरुले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रमा खादा र टिकाले सम्मान गर्दै विद्यार्थीहरुको उत्साह र रचनात्मक क्रियाकलापमा भएको सहभागीताले अंग्रेजी डिपार्टमेन्टले बिश्वबिधालयमा छुट्टै पहिचान कायम राख्न सफल भएकोमा विद्यार्थीहरुलाई धन्यवाद दिनुभएको थियो।
सामाजिक संजाल मार्फत बिभागका सबै प्राध्यापक,उप प्राध्यापक लगाएत सबैले खुसी साटदै बधाई एबम शुभकामना बाढिएको अंग्रेजी केन्द्रिय बिभाग तेस्रो सेमेस्टरका विद्यार्थी ( विद्यार्थी संयोजक ) पुरन पोख्रेलले जानकारी दिनुभयो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार