अर्घाखाँचीको पाणिनीमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

पुस १९ अर्घाखाँची । अर्घाखाँची पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छन् । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय जनालाई कांग्रेस प्रवेश गराईएको कांग्रेस पाणिनी गाउँपालीकाले जनाएको छ । उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वागत गरे ।

पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायतका नेताहरु कार्यक्रममा सहभागी छन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार