राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशमा ६ जनाले गरे मनोनयन दर्ता

बुटवल । राष्ट्रिय सभा रिक्त सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ६ जनाले मनोनयन दर्ता गरेका छन् ।मंगलबार दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा  पुगेर सत्तारुढ दलले मिलेर मनोनयन दर्ता गराएका हुन भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले एकल रुपमा उम्मेदवारी दर्ता गरेको छ ।

माघ १२ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राज्य लक्ष्मी गैरे  र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट  रुपन्देहीका तुलबहादुर विश्वकर्मा (राजेश)ले मंगलबार मनोनयन दर्ता गरेका हुन । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभामा पनि मिलेरै मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै नेकपा एमालेबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका छन् ।मनोनयन दर्ता गराउन जाँदा सत्तारुढ दलहरुले घोराहीस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट जुलुससहित संयुक्त रुपमा गएका थिए ।

त्यस्तै एमालेका नेताहरुपनि दलबल र ब्यानरसहित मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए ।जिल्लादेखि प्रदेशका नेता, मन्त्रीहरु तथा स्थानीय पालिकाका प्रमुखहरु समेत मनोनयन दर्ता कार्यक्रममा गएका थिए ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार