एमाले नेता तथा युवा व्यवसायी कृष्णप्रसाद श्रेष्ठद्वारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

सर्य भुसाल, अर्घाखाँची ।       नेकपा एमालेका नेता तथा उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्यसामाजिक राजनीति शैक्षिक ब्यक्ति कृष्णप्रसाद श्रेष्ठ सन्धिखर्क १ तुम्काेट स्थित बाल अाधारभूत विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण गर्नुभएकाे छ । विद्यालयमा अायाेजित एक कार्यक्रमका बीच उहाँले ५६ विद्यार्थीलाई सुइटर र टाेपी हस्तान्तरण गर्नुभएकाे हाे । कार्यक्रममा नेपाल रेडक्रस साेसाइटीका लुम्बिनी प्रदेश अध्यक्ष शम्भु पाेखरेल, सन्धिखर्क १ का वडा अध्यक्ष युवराज बञ्जाडे, २ का वडा अध्यक्ष माेतिजङ्ग रायमाझी, प्रेस चाैतारीका केन्द्रीय सदस्य अर्जुन भुसाल लगायतकाे अातिथ्यता रहेकाे थियाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बस्यालकाे अध्यक्षता, सन्धिखर्क १ का वडा सदस्य तथा स्थानीय लक्ष्मण पराजुलीकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।
श्रेष्ठले सन्धिखर्क १ बाट सुरू गरिएकाे सेवाकाे अभियानलाई अावश्यकता अनुसार अन्यत्र पनि लैजाने बताउनुभयाे । उहाँले गरिव, दलित विपन्न परिवारका विद्यार्थीले जाडाे याममा कष्टकर जीवन बिताउन पर्ने हुँदा राहत स्वरूप कपडा वितरण गरिएकाे बताउनुभयाे । विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद खनालले समाजसेवी श्रेष्ठले कपडा उपलब्ध गराएर विद्यार्थी तथा अभिभावकलाई हाैसला प्रदान गरेकाे बताउनुभयाे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार