भारतले जाउ भन्छ ।नेपाल ले नअाउ भन्छ ।दाेहाेराे चपेटामा नेपाली ।

२०१९ काे अन्त्यतिर चिनबाट उत्पन्न भएको नाेवेल काेराेना भाईरस (काेभिड १९) ले अाज बिस्वभरि निकै अप्ठ्यारो परिस्थिति सिर्जना गरेकाे छ । बिस्वभरि करिव ४० लाख मानिसहरु याे भाईरस बाट सङक्रमि भए का छन भने करिव ३ लाख काे हाराहारी मानिस हरुकाे ज्यान गएकाे छ ।
करिव १० लाख मानिस हरु निकाे भई घर फर्केका छन ।यसकाे कुनै दबाई वा भ्याक्सिन अहिलेसम्म बनि नसकेकाे ले याे महामारी अझै फैलिने र सङक्रमित हुदै जाने निस्चित छ ।यसकाे असर प्रतक्क्ष रुपमा विस्वका विभिन्न ६८ देशमा छरिएर अाफ्नाे श्रम गरिरहेका नेपाली हरु परेको छ ।यस्तो अबस्था मा छिमेकी मुलुक भारत मा न्यून ज्याला मा ,दैनिक ज्यालादारी गर्ने र हाेटल ,काेठि ,फास्टपुड र तन्दुरि मा काम गर्ने हजारौं नेपाली हरु निकै अप्ठ्यारोमा र बिचल्ली मा परेका छन ।

भारत मा काेराेना काे कारण पहिलो लकडाउन मार्च २४ बाट अप्रिल १५ सम्म घाेषणा गरिएको थियाे ।सङक्रमण र ज्यान लिनेहरुकाे सङ्ख्या बढ्दै गएपछि ।भारत सरकारले अप्रिल १५ बाट मई ३ सम्प म्याद बडायाे ।याे अबधिमा पनि काेराेना काे सङक्रमण लगातार बढेपछि पुन मई ३ देखि मई १७ सम्म मिति लम्बायाे ।तर अहिले पनि काेराेना काे सङक्रमण निकै बडेर गएको र ज्यान गुमाउने काे सङ्ख्या पनि बड्दाे नै छ ।याे समय अझै लम्बिन सक्छ ।

यधपी केही नियम हरु सहित रेडजाेन मा परेका २२ स्टेट बाहेक अन्य ठाउमा खुकुलो पारिएकाे छ ।लगातार काे लकडाउन एक प्रकार काे बन्द वा कर्फ्यु का कारण अावत जावत मा राेकताेक ,उडान बन्द ,लगाएत का कारण अर्थतन्त्र मा नराम्रो असर परेकाे छ ।याे अबस्था स्वयम भारत लाई अप्ठ्यारो भएको छ ।यस्तो अबस्थामा हाम्रो नेपाली श्रमजीवी मजदुर हरुलाई भारत ले गरेन भन्नू पनि अप्ठ्यारो हुन्छ ।उसले अाफ्नाे नागरिक हेर्न सकेको छैन ।बाहिरकाे नागरिक लाई उसले हेराेस पनि कसरी ? त्यसकारण भारतले भनेकाे छ नेपालि तिमी अब घर जाउ !

तर हाम्रो देश मा बलियो बहुमत काे सरकार छ ।चाहे मा उसले नेपाली पुरै भित्राउन सक्छ ।तर न केटा ,न केटि जस्ताे सरकार काे हेन्डलिङ गरेर सिँहदरवारमा माेज गर्ने ती शाषक हरु काेराेना लकडाउन र त्यसको कारणले भारत मा अप्ठ्यारो मा अलपत्र परेका नेपाली लाई सरकार प्रमुख प्रधानमन्त्री ले नै नल्याउन निर्देशन दिन्छन ।ती भारतका नेपाली नेपाल अाए भने काेराेना लिएर अाउछन ।अर्को हामीले खान बस्न ,स्वास्थ सुविधा दिलाउन सकिदैन भन्ने डरले तिमी नअाउ भन्छन ।यसकारण “भारतले जाउ भन्छ ।नेपाल ले नअाउ भन्छ “दाेहाेराे चपेटामा नेपाली अब कसरी बाच्ने यहि गुनासाे छ ।

एकातिर दिल्लीमा नेपाली राजदुत निलाम्वर अाचार्य ले भारत मा नेपाली लाई कुनै दुख छैन भनेर नेपाल सरकार लाई रिपोर्ट दिने र प्रधानमन्त्री ले नल्याउन निर्देशन दिनु ले ।प्रधानमन्त्री र नेपाली राजदुतावास श्रमजीवी नेपाली हरुकाे पक्षमा नभएको पुष्टि हुन्छ ।याे दुख काे कुरा हाे ।

एकातिर अाफ्नाे श्रम बाट बन्चित हुने र अर्को तिर घरभाडा खाना बस्न काे लागि निकै अप्ठ्यारो परिरहेको अबस्था मा यहाँ का केही सामानिक सङगन र केही सामाजिक ब्यक्ति हरुले ती नेपालि हरुलाई लगातार सहयोग गरिरहेका छन ।तर नेपाल सरकार माैन छ ।अाफ्नाे देश जान नपउने ?यस्तो कम्युनिस्ट काे नाममा कलङकित बन्दै छ सरकार ?यस्तो बिकराल स्थिति मा सरकारले सहयोग गर्ने बेलामा नेपाल नअाउ भन्छ ।

यस्तो निकै अप्ठ्यारो अबस्थामा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले ती श्रमजीवी नेपाली हरुलाई अग्िम माेर्चामा रहेर सहयोग गर्दै अाएकाे छ ।
अाफ्नाे नाेकरि गुमेपछि खान बस्न अप्ठ्यारो मा परेका ती श्रमजीवी हरुलाई मुल प्रवाह अखिल भारत नेपाल एकता समाज ले ती नेपाली हरुलाई मलम लगाउने काम गरेको छ । र याे सङगठन ले गर्दै अाएकाे छ ।अहिले सम्म केन्द्रीय साथि हरु र विभिन्न नगर र एरिया र क्षेत्रिय सदस्य हरुले ती नेपाली हरुलाई सहयोग गर्दै अाएका छन ।अहिलेसम्म निम्न स्थान मा सहयाे गरिएको भारत बासि नेपाली हरुकाे प्रिय साप्ताहि नेपाली समाचार डटकम ले प्रकाशित गरेकाे छ ।

(१) मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लाेर नगर समितिले काेराेना र लकडाउन काे कारण अप्ठ्यारोमा परेका २५ जना नेपाली श्रमिक हरुलाई राहत काे ब्यबस्थापन गरेकाे छ ।

(२) तामिलनाडुकाे माहवलिपुरम मा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्व चेन्नै नगर समितिले १३ जना अप्ठ्यारो मा परेका नेपाली लाई राहत प्रधान गरेकाे छ ।त्यहा टेकराज खनाल ले पूरा सहयाेग गर्नु भएकाे थियो ।

(३) भारत काे पँजाव जलान्धर मा घरभेटिले घरबाट निकाल्ने र अलपत्र पार्ने काम गरेको छ ।करिव २५/२६ जना बालबालिका सहित अप्ठ्यारोमा परेको लाई सहयोग गर्ने काम भएको छ ।

(४) मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तरगत ईराेड नगर समिति ले ३३ जना नेपाली हरुलाई राहत बितरण गरेकाे छ ।ती साथिहरुले एक पत्र लेखी ईराेड नगर समिति लाई धन्यवाद दिएका छन ।

(५) मुल प्रवाह अखिल भारत नेपाली एकता समाज ले किन्नाेर मा २५ परिवार का ५८ जना लाई राहत बितरण गरेकाे छ ।

(६) मुल प्रवाहले वैँगलाेर दक्षिण मा ३२ परिवार लाई राहत बितरण गरेकाे छ ।

(७) मुल प्रवाह ले हिमाचल मा३३ परिवार का ४५ जना सदस्य हरुलाई राहत बितरण गरेको छ ।

(८) मुल प्रबाह का केन्द्रीय सदस्य हरुले १२ परिवार लाई राहत वितरण गर्नु भएको छ ।
(९) मुल प्रवाह चेन्नै नगर समितिहरुले ३५ जना नेपाली हरुलाई १००केजि चामल र अन्य खाध्यान्न सामग्रि सहित नगद बितरण गरेको छ ।

(१०) मुल प्रवाह अखिल भारत नेपाल एकता समाज ले माेलनि का भिभिन्न ठाउमा ६० जना लाई राहत बितरण गरेको छ ।

(११) पस्चिमाेउत्तर क्षेत्रिय समितिले भिवानि मा ५०० केजि चामल राहत स्वरुप बितरण गरेको छ ।

(१२) मुल प्रवाह दमन नगर अध्यक्ष शेर बहादुर ज्यु ले ६० जना नेपाली हरुलाई राहत बितरण गर्नु भएकाे छ ।

# रवि शर्मा

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार