प्युठानको झिमरुकमा एमालेका सक्रिय ३५ जना युवाहरु राजमो प्रवेश

प्युठान । झिमरुक गाउँपालिका वडा न.६ मर्कावाङ्ग गाउँका अधिकाशं युवा राष्ट्रिय जनमोर्चामा समाहित भएका छन् । गत निर्वाचनमा वडा न.६ राष्ट्रिय जनमोर्चाले जितेको वडा हो, यद्यपि मर्कावाङ्गमा राजमोको संगठन कमजोर मानिन्थ्यो ।

आज भएको कार्यक्रममा मर्कावाङ्गका ३५ जना एमाले समर्थक युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् । गाउँपालिकाको विकासमा अरु पार्टीले गफ मात्र दिएको तर जनमोर्चाले काम गरेर लुम्बिनी प्रदेशकै नमुना गाउँपालिका वनाएको भन्दै उनिहरु जनमोर्चामा समाहित भएका हुन् । नव प्रवेशीहरुलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रवहादुर के.सि.ले अविर लगाई स्वागत गर्नुभएको हो ।

राष्ट्रिय जनमोर्चा वडा न. ६ द्वारा आयोजित प्रशिक्षणात्मक भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी के.सि.ले देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षाको लागि सम्पुर्ण जनताहरु राष्ट्रिय जनमोर्चामा गोलवन्द हुनुपर्ने बेला आएको वताउनु भयो । नेता के.सि. ले जिल्लामा केही पार्टीका नेताहरुले मसाल पत्तासाफ गर्ने दिवासपना नदेख्न अनुरोध गर्दै, आफ्नो ठूलो पार्टीको तासको महल भताभुङ्ग भएको रिस प्युठानमा नपोख्न चेतावनी दिनुभयो ।

कार्यक्रममा अखिल (छैठौं)का केन्द्रीय महासचिव सुवाश जि.सि., राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य एवं झिमरुक गाउँपालिका वडा न. ५ का अध्यक्ष टिकावहादुर जि.सि. र जिल्ला समन्वय समिती सदस्य दिलिप वि.क.ले मन्त्ब्य राख्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल युवक संघका झिमरुक अध्यक्ष भरत ढकाल, जनजातीका वुद्दवहादुर पुन, वडा सदस्य हेमराज भट्टराई, युवा नेता लोकवहादुर नगरकोटी र सुशील जि.सि, राजमो नेता चुमानसिंह पुन, लिलावहादुर सुनार लगएतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको अध्यक्षता राजमो मर्कावाङ्गका अध्यक्ष केदार पुन, स्वागत पुर्व गाविस उपाध्यक्ष तेजवहादुर पुन र संचालन वसन्त विष्टले गर्नुभएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार