काठमाडौं ।
जनगायक जीवन शर्मालाई कोरोना संक्रमण भएको छ । अहिले शर्मा होम आईसोलेशनमा रहेका छन् । उनको स्वास्थ्य सामान्य रहेको छ ।
बिसञ्चो भएपछि उनी घरमै आराम गरिरहेका थिए र परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । सुरुमा उनलाई ज्वरो आउने, जीउ दुख्ने लगायतका समस्या थिए । तर, अहिले भने उनमा त्यस्तो केही पनि समस्या छैन् ।
आजमात्रै शर्माले आफ्नो फेशबुकमा कोरोनासँगको लडाई जारी रहेको बताएका छन् । उनले लेखेका छन्-“भीषण लडाई जारी छ । हार्ने सम्भावना छैन ।”