चुनाव गर्ने सोच छैन, म्याद थप्ने हो……

– विमल पोखरेल
चुनाव गर्ने सोच छैन, म्याद थप्ने हो
सरकारमा बसेर, पैसा छाप्ने हो
एमालेको बुद्धि भएन, सरकार चलाउने
मिलीजुली खानुपर्छ, अझै खाने हो

सरकारले सिटामोल किन दिने हो ?
गरिबहरू औषधि नपाइ त्यसै मर्ने हो
कोरोना फैलिएको हल्ला चलाउँदै
गरिबलाई लुटेर नेता बन्ने हो

हामी नेता उपचार गर्न विदेश जाने हो
छोराछोरी पढाउन विदेश लाने हो
गरिबलाई अधिकार दिनु हुँदैन
देश लुटेर अब हामी खोक्रो पार्ने हो

खेतबारी सबैतिर बाँझो राख्ने हो
युवाहरू काम गर्न खाडीमा जाने हो
तिनैले पठाएको पैसा खाने हो
तिनैमाथि सधैंभरी शासन गर्ने हो
(गाइने हुने हो… गीतको लयमा)

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार