अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरामा मा रहेको श्री शारदा माध्यमिक विद्यालय ले आफ्नो ६२ औं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कोरोना संक्रमण अबस्था लाई मध्यनजर गर्दै उपस्थित कम गरेर कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम को संचालक सोही बिध्यालय का शिक्षक श्री लोकनाथ अधिकारी को रहेको थियो।
बिद्यालयले आफ्नो ६२ औ बार्षिक उत्सव को कार्यक्रम बाट नै बिधालय बाट संचालन गरिएका परीक्षा तथा अतिरिक्त कार्यक्रम उत्कृष्ट अंक ल्याउने बिधार्थी लाई पुरस्कार वितरण गरेको थियो।
कार्यक्रमका अतिथि हरूले बार्षिक उत्सव को अबसरमा बिधालय लाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए।उक्त कार्यक्रम मा बिधालय अभिभावक संघ का अध्यक्ष श्री बिनोद घिमिरे,९ नम्बर बडा अध्यक्ष श्री नारायण प्रसाद खनाल, बिधालय ब्यबस्थापन समिति का सदस्य श्री नारायण प्रसाद घिमिरे,मोति प्रसाद भट्टराई र बिधालय मा स्थापना गरिएका अक्षय कोष दाता संयोजक श्री कृष्ण प्रसाद आचार्य, भोजराज पोख्रेल को उपस्थित रहेको थियो।
उक्त कार्यक्रम को अध्यक्ष को रूपमा अभिभावक संघ का अध्यक्ष बिनोद घिमिरे , भूमिकास्थान नगरपालिका वडा नं ९ का अध्यक्ष नारायण प्रसाद खनालकाे प्रमुख आतिथ्यता, स्वागत मन्तव्य बिधालयका शिक्षक बाबुराम चुदालि, बिधालयका तर्फबाट मन्तब्य बिधालयका प्रधानाध्यापक बिष्णु भट्टराई ले राख्नु भएको थियो।