पलास्टिकको फुल जस्तैः भ्यालेन्टाईन अर्थात प्रणय दिबश जहाँ सितको थोपा, बास्ना र भमरा हुदैन केबल ब्यापार हुन्छ

पुरन पोख्रेल ।    

प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ।
सबै गुलाबहरु रोज डे कै दिन फुल्दैनन सिजन अनुसार प्रत्यक महिना प्रत्यक दिन धर्तिमा सुन्दर फुलहरु फुल्छ्न जुन भ्यालेन्टाई सप्ताहमा दिईएका उपहार भन्दा सुन्दर छ्न के ती फुलहरु नक्कली प्रेमि हरुले बाँढन सक्छ्न ? अर्थात रो डे को दिन चुडिएको गुलाब जो प्रेम दिबशको दिन मरिसक्छ। लाग्छ आजकालका नक्कली प्रेमी हरु हत्यारा हुन जो पबित्र प्रेमको हत्या गर्छ्न वा समाजमा अपराधको बिजारोपण त्यही दिन गर्छ्न जसलाई प्रेम दिबश नाम दिईएको छ।
के संसार भरका मान्छेमा प्रेमको भावना आउन 14 february नै कुर्नुपर्छ । के इटालिका रोमियो र जुलिएटले भ्यालेन्टाईन डे कुरेका थिए कि नेपालमा महाकबी देबकोटाका मुना र मदनले? फगत झुठा मस्तिष्क हरुले देखावटि प्रेमको प्रदर्शन गर्ने नाटकघर जस्तै आजको दिन पार्क र रेस्टुरेरा हरु बन्नेछन । आजको दिन मनदेखी स्वर सम्राट नारायण गोपालले रानि ऐस्वर्या लाई मन पराएर पनि कहिले ब्याक्त नगरी समर्पण र त्याग गर्ने महान प्रेमी हरुले नक्कली प्रेमका कलाकार पात्रहरुलाई धिक्कारेको दिन हुनेछ्न।
जिबनमा धेरै जना मन पर्छ्न धेरै सँग प्रेम हुन्छ।सार्वजनिक रुपमा ब्याक्त नगरेपनी आत्मसमिक्षा कसैले गर्छ भने यो सत्य मानव जातिले स्विकार्नुको बिकल्प हुँदैन । प्रेम बिना मान्छेको जिन्दगी चल्दैन यो पनि सत्य हो। प्रेम मान्छे सँग महिला र पुरुष जाती बिच होइन प्रेम त मान्छेको बस्तु सँग जस्तै पैसा सँग,किताब सँग ,कपडा सँग यतिमात्र होर भुगोल सँग पनि हुन्छ जनावर सँग पनि हुन्छ। कैयौ मनपरेका ठाउँ हरु छोडदा डाँको छोडेर रोएको देखेको छु मैले त्यति मान्छेहरू आफ्ना हरुबाट छुटिदा रुदैनन त्यो पो प्रेम। भ्यालेन्टाईन डे अर्थात प्रेमको लागि कुनै ब्याक्तिले त्याग गरेको सम्झनाको दिबस मनाउन भेटिएका प्रेमी प्रेमिकाहरुलाई एक अर्काले लगाएको कपडा मनपरेन भने सकिने सम्बन्ध र अरुले जस्तै डिमाण्ड थेग्न सकेनन भने सकिने सम्बन्ध यसैलाई हामीले प्रेम सप्ताहको नाम दिएका छौं के यो सहि छ?
जात, धर्म र आर्थिक हैसियतले घेरिएर प्रेमका लागि ज्यान गुमाउने थुप्रै प्रेमीहरु जस्तै रुकुम र जाजरकोटका नबराज बि.क लगायत खुल्ला प्रेमको बन्धनमा बाधिएर आत्महत्याको बाटो रोज्ने प्रेमीहरु इनिहरु त भ्यालेन्टाईन कुर्दैनन। प्रेम लुकेर मात्रै गर्नुपर्छ भन्ने होइन प्रेम खुला हृदयले समाजमा खुला रुपमा साटन र सम्बन्ध राख्न पाउनु पर्छ। सामाजिक बन्धन र नियम लाई चिरेर सफल प्रेमीको उदाहरण दिने थुप्रै जाना छ जसले भ्यालेन्टाईनको तमासा कुरेका थिएनन।
प्रेमका अनेक आयाम हुन्छन हामि प्रेमलाई बिहे बाहेक अर्को आँखाले कहिले हेर्न सक्ने हो? प्रेम त मानव जातिबिच अपरिहार्य छ। प्राकृतिक हिसाबले महिला पुरुष बिच त स्वभाबिक छ। के यो शारीरिक सम्पर्क र बिहे मात्रैको घेराले प्रेमको परिभाषालाई पुर्णता दिन्छ?
बिदेशमा बस्ने युवाहरू जसले प्रत्येक दिन आफ्ना श्रीमति र प्रेमिकालाई अथाह माया गरिरहेका हुन्छ्न उनीहरुको खुसिका लागि गलेको शरीर सकि नसकी बिदेशी भुमिमा पसिना चुहाउछ्न यता उनीहरुको पर्खाईमा परिवार दिन गनेर बस्छ्न के उनीहरुका लागि आजको तमासा चाहिने हो र ?
मलाई त भ्यालेन्टाईन ब्यापार जस्तै लाग्छ जसले आजका दिनका लागि प्रेमी प्रेमिका खोज्छ्न। आजकाल पलास्टिकको ब्यापार बढाउने दिन भ्यालेन्टाईन बनेर होला सबै रोज अर्थात सुन्दर गुलाबहरु आजकै दिन फुल्दैनन। सम्बन्धहरु रेस्टुरामा बोटल र खाजा सेटमा बेचिने दिन भएर होला कसैको यादमा एकान्तमा कोइलीले गित गाँउदैन। बार्गेनिङको दिन भएर होला जीवन मरणका सम्झौता हुदैनन। आज रंगी चङ्गी देखिएका अनुहार भोलि देखि उसैगरी चल्ने छैनन बरु युटुब र फेसबुकका साईटमा तनाबका आँसु र बार्गेनिङका डिमाण्ड सहित कसैको बर्बर आँसु झरेको देख्न नपरोस।
श्रीमती श्रीमानका अनुहार झुपडीमा पनि खुसी छ्न अभाबमा पनि खुसी छ्न पिडामा पनि खुसी छ्न फगत भ्यालेन्टाईन डे अर्थात प्रेम दिवशमा उधुम मच्याउने हरुका मन पलास्टिकका फुलहरु जस्तै न बास्ना छ, न भमरा बस्छ ,न शीत पर्छ । रंगहीन, स्वादहिन ,गन्धहीन र बेसुरका बेबारिसे सम्बन्धहरु त हुन जसले समाजमा अनेक प्रकारका अपराधहरु जन्माईरहेका छ्न लाग्छ आजको भ्यालेन्टाईन पनि अपराध बिजारोपणको दिन हो।
यति भन्न सकिन्छ ३६५ दिन कसैप्रती सच्चा र सफा मनले प्रेम गरिरहेकाहरु समय र बेस्ताले भेटिन नपाएको भए आजकै दिनलाई बाहाना बनाएर भेटिए भने, विभिन्न बन्धनमा जेलिएकाहरु सामाजिक परिस्थितिलाई तोडदै जिबनमरणको बाटो रोजेभने , कसैले आफ्ना प्रेमी प्रेमिकाहरुलाई वियोगान्त भएर हिज भन्दा आज अलि बढी सम्झिए भने र अन्त्यमा जिबनमा भेटिएका मिलनले खुसी भए भने बिछोडिएका हरु यादमा खुसी भए भने उनीहरुको लागि भ्यालेन्टाईन भ्यालेन्टाइन डे जस्तै हुनेछ सिजन अनुसार फुलेका सबै फुलहरु जस्तै प्रेमको रंग हुनेछ। अन्त्यथा फगत भ्यालेन्टाईन डे अर्थात प्रणय दिबश सम्बन्ध ब्यापारको दिन बाहेक केही हुनेछैन।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार