अर्घाखाँची का ६ स्थानिय तह काङ्ग्रेस ले जित्छ तपाईंहरु चुनाबमा होमिनुस काङ्ग्रेस जिल्ला सभापति : केशब श्रेष्ठ

सुर्यप्रसाद भुसाल

फागुन ०९ सुपादेउराली अनलाइन अर्घाखाँची ।         नेपाली काङ्ग्रेसका जिल्ला सभापती केशव श्रेष्ठले ले स्थानिय चुनाब नजिकिँदै गएकोले चुनाबि अभियानमा लाग्न नेपाली काङ्ग्रेस अर्घाखाँची का नेता कार्यकर्ताहरु लाई निर्देसन दिनु भएको छ ।

गाउटोल बस्तिमा काङ्ग्रेस का कार्यकर्ता हरुको मनोभाबना बुझ्न सितगङ्गा नगरपालिका वार्ड नम्बर ८ लाहापे का विभिन्न ट‍ोलहरुमा पुग्नु भएका सभापति श्रेष्ठले नेपाली काङ्ग्रेस ले अर्घाखाँची का सबै स्थानिय तह जितेर देखाउने अभियानमा सबै नेताहरु गाउटोल बस्ति बस्तिमा सगठन निर्माण मा लागि रहेको बताउदै अर्घाखाँची जिल्लामा काङ्ग्रेस प्रबेस गर्नेको जनलहर बढेर गएको बताउनु भएको हो । उहाले काङ्ग्रेस सरकारको नेतृत्वमा मात्रै मुलुकमा बिकासले परिवर्तनको मुहार फेरेको बताउदै काङ्ग्रेस लाई बहुमतले निर्बाचन जिताउन लाग्नका लागि तरुण युवा काङ्ग्रेस का नेता कार्यकर्ता हरुलाई आग्रह गर्नु भएको छ । सभापति श्रेष्ठले पार्टीको तर्फबाट तरुण युवाहरुलाई गर्न पर्ने सम्पुर्ण सहयोग का लागि सदैव तयार रहेको बताउदै सगठनलाई चलाएमान बनाउन आग्रह गर्नु भएको हो सभापति श्रेष्ठले तरुण युवाहरुको हरेक हकहित प्राप्तिका लागि आफू हरेक क्षणमा सहयोगका लागि खट्ने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सहसचिब कमल पौडेल नेपाली काङ्ग्रेस का पुर्व जिल्ला सचिब छबिलाल पौडेल काङ्ग्रेस नेता डाक्टर ईन्द्रमणि पौडेल जिल्ला सदस्य बिस्नु पौडेल काङ्ग्रेस सितगङ्गा का सभापति मोहन पन्थि काङ्ग्रेस नेताहरु मोतिबहादुर बेल्वासे प्रदिप बेल्वासे स्थानिय काङ्ग्रेस का नेता कार्यकर्ताहरु को उपस्थिति रहेको थियोे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार