फागुन १४ अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समिति अध्यक्ष टेक बहादुर थापाले आसन्न निर्वाचनमा आफुहरुको जित शुनिश्चित रहेको बताउनुभएको छ ।
गणितीय हिसाबले नभएपनि भुमिकास्थानका जनताले आफुहरुलाई गत निर्वाचनमै जिताएको स्मरण गर्दै अध्यक्ष थापाले यसपालि राजमोले निर्णायक जित हात पार्ने उद्घोष गर्नुभएको हो ।
अखिल नेपाल युवक संघ भुमिकास्थान-८ नुवाकोटको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय जनमोर्चानै राष्ट्रभक्त जनताको प्रीय पार्टी भएको बताउनुभएको छ । अरु पार्टीले जनतामा अनेक भ्रम छरेर देश बेच्ने खेलमा लागेको आरोप लगाउदै अध्यक्ष थापाले आफुहरु जहिलेपनि देश र जनताको पक्षमा लडिरहेको जिकिर गर्नुभएको छ ।
कार्यक्रममा युवक संघका केन्द्रिय सचीव कुलराज खनाल,अखिल छैठौंका केन्द्रिय सल्लाहकार गोपाल प्रसाद भट्टराई,अखिल नेपाल शिक्षक संघका जिल्ला सचीव दल बहादुर के.सी. र राजमोका स्थानीय नेता ज्ञान बहादुर खत्री लगायतले मन्तव्य राख्दै युवा,विद्यार्थीलाई भ्रयाङ्ग बनाएर राष्ट्रघात गर्नेहरुका विरुद्ध सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
भेलाले सुन्दर पोख्रेलको अध्यक्षतामा ६१ सदस्यीय युवक संघ वार्ड समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा विवेक खत्री,सचीव अर्जुन पोख्रेल,सह-सचीव संगिता विष्ट र कोषाध्यक्षमा गिता थापा चयन हुनुभएको छ । युवक संघ जिल्ला सदस्य शुरेस आचार्यको अध्यक्षता,मान बहादुर सुनारको स्वागत मन्तव्य र सुवास आचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।