अर्घाखाँची । ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची शाखाले शनिवार सन्धिखर्कमा एजेन्सी पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ।
ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख चरणदास तिमिल्सिनाको बिशेष उपस्थितिमा करिब 110 जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रदेश प्रमुख तिमिल्सिनाले नेपाल मा 35 घातक रोग सहितको सेवादिने एक मात्र जीवन बिमा कम्पनी ज्योती लाइफ रहेको भन्दै सबै जनतालाइ बिमा गर्नको लागि आग्रह गर्नुभएको थियाे।
साथै अर्घाखाँची शाखाले उत्कृष्ट एजेन्सीहरुलाइ सम्मान समेत गरेको थियो ।
कार्यक्रम सेल्स एजुकेटिभ सुरज रायमाझीको स्वागत मन्तव्य तथा शाखा प्रमुख कृष्ण खनालको संचालनमा सम्पन्न भएको थियो ।