
फागुन १६ सुर्खेत । एमसीसी सम्झौताको विरोधमा आन्दोलन चर्किएपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रदर्शनकारीहरुले नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयमा आगजनी गर्नुको साथै प्रहरी बिटहरु जलाउन थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो।
प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। एमसीसी सम्झौताको विरोधमा नेकपा (मसाल), राष्ट्रिय जनमाेर्चा, नेकपा (विप्लव समूह) सहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ प्रदर्शन चर्किएको थियो।