
गोपाल प्रसाद भट्टराई
बैशाख–२९,अर्घाखाँची राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीका केही जनप्रतिनिधि र स्थानिय सरकारले कोरोना भाइरससंग खेलवाड गरि गम्भिर गल्ती गरेको आरोप लगाएको छ ।
जिल्ला स्तरिय कोरोना भाइरस नियन्त्रण तथा बिपद ब्यवस्थापन समितिको निर्णयलाई कुल्चिने र महाबिपत्तिमा समेत उनिहरुले राजनिति गर्नु गम्भिर खेलवाड भएको राजमो अर्घाखाँचीले ठहर गरेको हो । सबै पक्ष बेलैमा गम्भिर र सचेत नभएमा स्थिति भयावह हुन सक्ने समेत राजमोको ठहर छ । सन्धिखर्कमा सम्पन्न राष्ट्रिय जनमोर्चा जिल्ला सचिवालय समितिको बैठकले विश्व नै आक्रान्त बनेको महामारी नियन्त्रण गर्न सरकार तथा विज्ञले दिएका सुझावको सरकारी तहबाटै उलघंन हुनु दुःखद भएको पनि बताएको छ ।
विश्वभर झन्डै तिन लाख जनताको ज्यान जाने गरि फैलिएको यो भाइरसबाट बँच्न सचेत र सुरक्षित रहन राजमो अर्घाखाँचीले सबै नागरिकहरुलाई अपिल समेत गरेको छ । बैठकले गरेका निर्णय सार्वजनिक गर्न राजमो जिल्ला अध्यक्ष थम्मन के।सी।ले एक विज्ञप्ती जारी गरि यस्तो अपिल गर्नुभएको हो ।
बैशाख १० गते जिल्ला प्रशासनमा बसेको बैठकले गरेका निर्णयको जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु र केही स्थानिय सरकारले नै उलघंन गर्नु र प्रशासनले निर्णय कार्यान्वयन गराउन नसक्नुले कोरोना रोग संग खेलवाड भएको हामीले ठहर गरेका छौं राजमो अर्घाखाँचीले भनेको छ आगामी दिनमा त्यसो हुन नदिन सबै सचेत र जिम्मेवार बन्न जरुरी छ ।
राहत बितरणमा समेत जनप्रतिनिधिले राजनिति गरेको,विपदको बखतमा विदेश तथा सिमामा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित गर्न नसक्नु,महाबिपत्तिको मौका छोपेर भारतले नेपाली भुमि मिचेर सडक बिस्तार गर्नु जस्ता गम्भिर समस्यामा सरकारको निरिहता देखिनुपनि खेद जनक भएको उक्त विज्ञप्तीमा उल्लेख छ ।
यि सबै समस्या समाधानमा सबै नेपाली एक जुट हुनुपर्नेमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको जोड रहेको छ । राष्ट्रिय एकता र उच्च मनोबलका साथ कोरोना भाइरसको सामना गर्न राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सबैमा अपिल गरेको हो ।