अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेला बुटवलमा सुरु

टेकराज भुसाल
फागुन २५ बुटवल ।        अखिल नेपाल युवक संघकाे राष्ट्रिय भेला तथा प्रशिक्षणात्मक कार्यक्रम बुधबारदेखि बुटवलमा सुरु भएको छ।
राष्ट्रिय भेला तथा प्रशिक्षणात्मक कार्यक्रमकाे राष्ट्रिय जनमाेर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी उद्घाटन गर्नुभएको छ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल बुद्धिजीवी संघका सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल युवक संघका पुर्व अध्यक्ष तिलक थापा, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राजमाे लुम्बिनी प्रदेश काेषाध्यक्ष गणेश गाैतम  लगायतले राष्ट्रिय भेला तथा प्रशिक्षणात्मक भेलालाई शुभकामना दिनुभएको थियो।
फागुन २७ गतेसम्म ३ दिन संचालन हुने उक्त कार्यक्रममा नेकपा (मसाल)का महामन्त्री माेहन बिक्रम सिंह, राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी, अखिल नेपाल बुद्धिजीवी संघका सदस्य दुर्गानाथ खरेल लगायतका नेताहरुले  प्रशिक्षण दिने अखिल नेपाल युवक संघका कार्यवाहक अध्यक्ष कृष्णराज पाण्डेले जानकारी दिनुभएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार