चैत ३ अर्घाखाँची । पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को संयुक्त आयोजनामा हुने दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरीएको प्रतियोगिताको बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी सबै तयारी पुरा भएको खेल आयोजक समितिका सहसंयोजक विष्णु शर्माले जानकारी दिए ।
शर्माले देशको विकासमा युवाको भुमिका र सहभागीता बढाउने, अनुशासित र जिम्मेवार नागरीकको निमार्ण गर्दे राष्ट्रलाई खेलकुदको माध्ययमबाट विश्व सामु चिनाउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरीएको बताए । भुमिकास्थान नगरप्रमुख रेशम थापाले उद्घाटनगर्ने प्रतियोगीतामा सहभागी हुन र खेलमा दर्शकको रुपमा उपस्थितहुन सबैलाई सर्माले आग्रह समेत गरे।
चैत्र ३ गतेबाट सुरु हुने प्रतियोगितामा प्रथम हुने टिमले रु ५१ हजार ५ सय, द्धितिय हुने टिमले ३१ हजार ३ सय र तृतीय हुने टिमले २१ हजार १ सय संगै मेडल ट्रफि र प्रमाणपत्र प्रदान गरीने आयोजकले जनाएको छ ।यस्तै उत्कृष्ट खेलाडी पुरस्कार ३५ सय, अनुशासन पुरस्कार ३५ सय, र उत्कष्ट पत्रकार सम्मान पुरस्कार रु ३५ सय रहेको जनाईएको छ ।