पर्वत जलजलाका २१ बर्षे विज्ञान शर्माले गरे अध्यक्षको उम्मेदवारी घोषणा

  • टेकराज भुसाल
  • चैत्र १३ बेनी म्याग्दी , पछिल्लो समय देश संघियतामा गएयता नेपाली राजनीतिमा युवा अाकर्षण बढ्दै गईरहेको छ। नयाँ जोस र सोचका साथ जनतामाझ जाने र सामाजिक सञ्जालको उपयोग गरि पपुलर बन्ने प्रथानै चलिरहेको छ।

    वि सं २०७२ सालमा संविधान जारी भैसकेपछी देशको राजनीति मा क्रमश युवाको भुमिका र सक्रियता अझै बढ्दै गइरहेको छ। देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा स्थापित भैसकेपछि स्थानीय तह , प्रदेश र संघमै पनि युवाहरूको सहभागीता ह्वात्तै बढेको छ।

    बि सं २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिमित ठाउँमा मात्रै देखिएको युवा चासो त्यसको ५ बर्ष नपुग्दै दोब्बर भएको छ। बितेको पाच बर्षको अवधीमा स्थानीय सरकारको महत्त्व प्रत्येक जनताको घरदैलो हुँदै नुन देखि सुन सम्म जोडिएको प्रभाव र चरम उत्कर्षमा पुगेको बेथीती र भ्रष्टाचारलाई नियन्त्रण गर्ने अठोटका कारण स्थानीय सरकारको नेतृत्व लिने युवा होडबाजी चुलिएको छ।

    गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उमेदवारी दिएको युवा नेतृ रञ्जु दर्शनाले लोकप्रिय मत प्राप्त गरे संगै विभिन्न महानगर, नगर, वडा हरूमा उमेदवारी दिने लहर नै चलेको छ। शिक्षा र चेतनाको प्रभावले पनि पछिल्लो समय युवाहरू राजनीतिमा सक्रय रूपले लागिरहेका छन।

    विभिन्न राजनीतिक दलका अा अाफ्ना अान्तरिक निर्वाचन बाट नेतृत्व हत्याउने देखि राज्यसत्ताको भोग गर्न लालायित युवा पक्तीं राजनीतिमा सक्रिय रूपले लागिरहेको छ।

    सरकारले निर्वाचनको मिति घोषणा गरे संगै गाएक देखि नायक तथा बिधार्थी देखि सामाजिक अभियान्ताले समेत राजनीतिक अाडमा अथवा स्वतन्त्र उम्मेदवारी को घोषणा गरेका छन। र्यापर बालेन शाह, सामाजिक अभियान्ता सचिन पाण्डे , जस्ता थुप्रै सामाजिक व्यक्तित्व पछिल्लो समय उमेदवारी घोषणा गरेकै अाधारमा चर्चामा रहेका छन।

    यसैबिच वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय चुनावका लागि पर्वतको जलजला गाउपालिका वडा नं ३ को वडा अध्यक्ष पदका लागि समाजसेवी तथा युवा नेता विज्ञानराज शर्माले अाफ्नो उम्मेदवारी घोषणा गरेका छन। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले अाफू जनताको सेवा गर्न ईच्छुक रहेको कुरा जाहेर गरेका छन।

    बेनी अस्पताल सञ्चालक समितिको सदस्य समेत रहेका विज्ञान राज शर्मा बेला बेला चर्चामा अाईरहने पात्र पनि हुन। भर्खरै मात्रै बेनी अस्पतालमा डाक्टर को लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवारको पक्षमा अाफुलाई उभ्याउदै अस्पतालका मेसु विरूद्द अाक्रोशित भएका शर्मा अाफुबिरूद्द जिल्ला प्रहरी कार्यलयमा उजुरि परेपछी अस्पताल मा जनताको उपचार नरोकियोस भन्दै सार्वजनिक रूपमा माफी मागेका थिए। विगत लामो समयदेखी सामाजिक तथा म्याग्देली एवम पर्वतका जनताको शिक्षा , स्वास्थ्य र सुरक्षा जस्ता संवेदनशील बिषयमा अावश्यक सहयोग गर्दै अाईरहेका शर्मा नेकपा एकीकृत समाजजादी का युवा नेता पनि हुन।

    पर्वत र म्याग्दीमा बर्सेनि जाने पहिरो तथा कोभिड १९ जस्ता विषम परिस्थितिमा सदैव जनताको घर दैलोमा पुगी पहिलो घेरमा काम गरेका शर्माले उमेदवारी संगै अाफुले चुनाव जित्ने विश्वास पनि व्यक्त गरेका छन। जातिय भेदभावका बिरूद्द अाफ्नै घरबाट छुवाछूत अन्तय गर्दै सामाजिक सद्भाव सहितको समुन्नत समाज निर्माण गर्न शर्मा बिगत लामो समयदेखि खटिरहेका छन। दुई जिल्लाको समाजसेवीको रूपमा परिचित शर्मालाई वैरागी कान्छा भनेर पनि चिन्ने गरेका छन।

    २१ बर्षे कलिलो उमेरमै जनताको सेवा का लागि विभिन्न योजना र खाका सहित मैदानमा होमीएका शर्मा को चुनावी नाराभित्र अाउदो पाच बर्षमा वडा भित्रका सबै बाटोघाटो स्तरोन्नति गर्ने, प्रत्येक घरमा खानेपानी, बिजुली बत्ति , स्वास्थ्य सुविधा, बालमैत्री बिधालय जस्ता विषय अटाएका छन। म्याग्देली जनतालाई रगत देखी नगद सम्म सहयोग गर्दै वैरागी कान्छाले अाउदो स्थानीय चुनावलाई लक्षित गर्दै जनताको घरदैलोमा अभियान सुरू गरिसकेका छन। म्याग्दी मराङ को पहिरो होस वा पर्वतको सहस्रधारा यी दुवै जिल्लाका विपदले वैरागी कान्छालाई नचिनेको सायदै होला ।

    करिब २१ पटक सम्म रगतदान गरि म्याग्दी जिल्लामा रक्तदान कार्यक्रम को अभियान चलाएका विज्ञान शर्मा अाफु कलिलै भएपनि जनताको वास्तविक पीडा मर्का र अपेक्षा लाई बुजेको हुनाले जनताको सहयोग पाउने विश्वास राखेका छन।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार