ज्योति लाइफ अर्घाखाँची शाखाले बिमा दाबी वापतको रकम हस्तान्तरण

चैत १५ अर्घाखाँची ।    ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमितका परिवारलाई बिमा दाबी रकम भुक्तानी गरेको छ ।
कम्पनीको अर्घाखाँची शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
मंगलबार कम्पनीले सन्धिखर्क नगरपालिका वडा नं.३ बस्ने बिमित राम बहादुर रानाकि श्रीमती अनिता राना थापालाइ ५ लाख ५२ हजार 5 सय रुपैयाँ बराबरको चेक अर्घाखाँची शाखाका शाखा प्रमुख कृष्ण प्रसाद खनालले हस्तान्तरण गर्नु भएको थियो ।

बिमित रानाको काेराेनाका कारण मृत्यु भएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार