राष्ट्रिय जनमोर्चा मालारानी गाउपालिकाको पालिका स्तरीय भेला सम्पन्न

चैत १९ बुटवल ।    राष्ट्रिय जनमोर्चा मालारानि गाउपालिकाको पालिका स्तरीय अगुवा कार्यकर्ता भेला शनिबार हंसपुरमा सम्पन्न भएको छ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले उद्घाटन गर्नुभएको भेलामा अखिल नेपाल बुद्धिजीवी संघ का जिल्ला अध्यक्ष नरेन्द्र थापा, अखिल नेपाल किसान महासंघका जिल्ला सचिब हिमलाल आचार्य, अखिल नेपाल शिक्षक संघ मालारानी गाउँपालिका अध्यक्ष राम कृष्ण घिमिरे , अखिल नेपाल युबक संघका केन्द्रिय सदस्य तथा जिल्ला उपाध्यक्ष  कृष्ण प्रसाद खनाल , अखिल नेपाल महिला संघकि  जिल्ला सदस्य खगी थापा लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभयको थियो ।

भेलाले  माधव भुसाल अध्यक्ष,  शृजना रेग्मी उपाध्यक्ष, डिल बहादुर खनाल सचिव, तारा प्रसाद पन्थी सहसचिव, रामु सुनार काेषाध्यक्ष रहेको १३ सदस्यीय अखिल नेपाल युवक संघ मालारानी गाउपालिकाकाे पालिका समिति गठन गरेको छ।

त्यस्तै भेलाले  ११ जनाको निर्वाचन मोबाईल परिचालन समिति गठन गरेको छ भने १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिती समेत गठन गरेको छ।
कार्यक्रम वीर बहादुर  कुवरको अध्यक्षतामा र माधब भुसालको संचालनमा सम्पन भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार