भुमिकास्थान २ मा राजमोको २५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन

चैत २३ अर्घाखाँची।  राष्ट्रिय जनमाेर्चा भुमिकास्थान नगरपालिका वडा नम्बर २ ले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ।

बुधबार राजमाे भुमिकास्थान २ का अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा र राजमाे राष्ट्रिय परिषद् सदस्य खड्का बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले वार्ड भित्र रहेका ७ वटा  टाेल बिकास संस्थामा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

जस अन्तर्गत भुमिकास्थान टाेल बिकाश संस्थामा दामोदर खनाल संयाेजक रहेको ८३ सदस्यीय, देवीकास्थान टाेल बिकास संस्थामा जितेन्द्र खत्री संयाेजक रहेको ५४ सदस्यीय, भगवती तथा लालीगुरास टाेल बिकास संस्थामा नारायण खनाल संयाेजक रहेको ४७ सदस्यीय, अम्लाचाैर टाेल बिकास संस्थामा भिम बन्जाडे संयाेजक रहेको ३५ सदस्यीय, लाेकप्रिय टाेल बिकास संस्थामा श्यामलाल बेल्वासे संयाेजक रहेको १९ सदस्यीय र जामुनटारी टाेल बिकास संस्थामा डिलाराम भट्टराई संयाेजक रहेको १७ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ।

साथै भेलाले अखिल किसान महासंघ (अफ्फा) र अखिल नेपाल महिला संघ भुमिकास्थान नगरपालिका वार्ड नम्बर २काे वडा समिति  गठन गरेको राजमाे भुमिकास्थान २ ले जानकारी दिएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार