राष्ट्रिय जनमोर्चाले देशभर चुनावी सभा गर्ने (विज्ञप्ति सहित)

राष्ट्रिय जनमाेर्चाले आशन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा देशका विभिन्न स्थानमा आमसभाको आयोजना गरेको छ । यही चैत २५ गतेदेखि वैशाख २ गतेसम्म हुने सभालाई राजमोका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै, राजमोले स्थानीय तहका उम्मेदवार छनौट गर्न अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा निर्वाचन बोर्ड गठन गरेको छ भने अध्यक्ष केसीकै संयोजकत्वमा निर्वाचन परिचालन समितिको पनि गठन गरेको छ ।

यस्तै, कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति र महासचिव मनोज भट्टको संयोजकत्वमा घोषणा पत्र मस्यौदा समिति गठन गरिएको छ ।

उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले बिहीबार प्रेसित गर्नुभएको वक्तव्य आगामी स्थानीय निर्वाचनमा एमाले र राजावादीबाहेकका शक्तिसँग तालमेलको ढोका खुलै राखिएको स्पष्ट पारिएको छ ।

 

यस्तो छ वक्तव्य
राष्ट्रिय जनमोर्चाले आगामी स्थानीय चुनावको तयारी देशव्यापी रुपमा गरिरहेको छ । चुनावमा प्रतिगमन वा फासिष्ट शासनलाई पराजित गर्ने उद्देश्यलाई नै अगाडि राखेर अन्य पक्षहरुसित तालमेल गर्ने नीति अपनाएका छौँ । त्यस अनुसार एमाले र राजावादीसँग कुनै तालमेल नगर्ने र सत्तारुढ चार दलसित चुनावी तालमेल गर्ने हाम्रो नीति हुनेछ ।

एमसीसी सम्बन्धी मतभेदका कारणले हाम्रो पार्टी पाँच दलीय गठबन्धनबाट हटे पनि अहिलेको देशको राजनीतिक स्थितिमा प्रतिगमन नै मुख्य खतरा भएको हुनाले चुनावमा त्यसलाई पराजित गर्नको लागि सत्ता पक्षका चार दलसित चुनावी तालमेल गर्ने ठेगान गरेका छौँ । त्यसका साथै प्रतिगमनका विरुद्धको संघर्षको क्रममा गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन पनि कायम राख्ने नीति अपनाएका छौँ ।

त्यस अनुसार सत्ता पक्षका चार दलहरुसित केन्द्रीय स्तरमा हाम्रा कैयौँ बैठकहरु सफलतापूर्वक सम्पन्न हुनुका साथै प्रदेश र जिल्ला स्तरमा पनि चुनावी तालमेलका लागि बैठक र वार्ताहरु देशव्यापी रुपमा नै अगाडि बढिरहेका छन् । त्यसका आधारमा स्थानीय चुनावमा प्रतिगमनलाई पराजित गर्न सफल हुने छौँ भन्ने कुरामा हामीले आशा र विश्वास गरेका छौँ ।

प्रतिगमनलाई पराजित गर्न सत्तारुढ विभिन्न दलहरुसित तालमेलको नीति अपनाउनुका साथै स्वतन्त्र रुपले पनि चुनावको तयारीमा हाम्रो पार्टीले देशव्यापी रुपमा नै अभियान चलाइरहेको छ । त्यस सिलसिलामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का। चित्रबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय तह निर्वाचन बोर्डको गठन गरिएको छ ।

जसका सदस्यहरुमा का. दुर्गा पौडेल, का. मनोज भट्ट, का. हिमलाल पुरी र का. बोमबहादुर खत्री रहनुभएको छ । त्यो बोर्डले गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखका उमेदवारहरुको नामावली ठेगान गर्ने छ ।

 

त्यसैगरी अध्यक्ष का. चित्रबहादुर केसीको संयोजकत्वमा नै सात सदस्यीय स्थानीय निर्वाचन परिचालन समितिको पनि गठन गरिएको छ । जसका सदस्यहरुमा का. दुर्गा पौडेल, का. आनन्द शर्मा, का. बोमबहादुर खत्री, का. अमर थापा र का. सुरेश थापा रहनुभएको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष का. रश्मीराज नेपालीको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन प्रचार प्रसार समितिको गठन गरिएको छ । समितिका सदस्यहरुमा का. जनकराज शर्मा, का. दुर्गा पौडेल, का. मनोज भट्ट, का. हिमलाल पुरी, का. भैरवराज रेग्मी, का. नन्दराज भट्ट, का. अमृत पाण्डे, का. कृष्ण अधिकारी, का. मिना पुन, का. कृष्णराज पाण्डे, का. देवेन्द्र कुँवर र का. थम्मन केसी रहनुभएको छ ।

त्यही प्रकारले जिल्ला, पालिका र वडा स्तरमा पनि परिचालन तथा प्रचार प्रसार समितिको गठन गरिएको छ । राष्ट्रिय जनमोर्चाका महासचिव का. मनोज भट्टको संयोजकत्वमा का. रामप्रकाश पुरी सहितको दुई सदस्यीय स्थानीय तह निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरिएको छ ।

सबै जिल्ला तहमा देशव्यापी रुपमा नै भेला तथा प्रशिक्षणका कार्यक्रमहरुको संचालन गरिएका छन् । त्यसपछि पालिका र वडा तहमा पनि भेलाहरु गर्ने कार्य भैरहेका छन् ।

देशका विभिन्न स्थानहरुमा आमसभाका कार्यक्रमहरु र वक्ताहरु पनि ठेगान भएका छन्, जसको विवरण यसप्रकार छ ।

बागलुङ – कुश्मीशेरामा बैशाख ६ गते प्रमुख वक्ता का. चित्रबहादुर केसी, बरेङ बजारमा बैशाख ८ गते प्रमुख वक्ता का. चित्रबहादुर केसी र का. मिना पुन, ढोरपाटनमा बैशाख ९ गते प्रमुख वक्ता का. चित्रबहादुर केसी र का. कृष्ण अधिकारी, गल्कोटमा प्रमुख वक्ता का. चित्रबहादुर केसी र का. राजेश विक ।

अर्घाखाँची – जिल्ला स्तरीय सभा बैशाख ३ गते सन्धिखर्कमा प्रमुख वक्ताहरु का, मनोज भट्ट र का. भैरवराज रेग्मी ।

प्यूठान – गौमुखी प्रमुख वक्ता का. दुर्गा पौडेल र का. चन्द्रबहादुर केसी, झिमरुक प्रमुख वक्ता का. दुर्गा पौडेल र का. चन्द्रबहादुर केसी, स्वर्गद्वारी प्रमुख वक्ता का. बोमबहादुर खत्री, मल्लरानी प्रमुख वक्ता का. दुर्गा पौडेल, ऐरावती प्रमुख वक्ता का. कृष्णबहादुर खड्का, प्यूठान नगरपालिका प्रमुख वक्ता का. रश्मीराज नेपाली ।

दाङ – राप्तीमा बैशाख ३ गते प्रमुख वक्ता का. चित्रबहादुर केसी, का. रश्मीराज नेपाली र का. जनकराज शर्मा । बैशाख ४ गते गढवा प्रमुख वक्ता का. रश्मीराज नेपाली, का. जनकराज शर्मा र का. दुर्गा पौडेल ।

कपिलवस्तु – कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकाको संयुक्त कार्यक्रम बैशाख २ गते प्रमुख वक्ता का. चित्रबहादुर केसी र का. बद्रे आलम, विजयनगर नगरपालिका र शिवराज नगरपालिकाको संयुक्त कार्यक्रम बैशाख ४ गते प्रमुख वक्ता का। दुर्गा पौडेल ।

गुल्मी – बैशाख ३ गते कालिगण्डकी गाउँपालिका प्रमुख वक्ता का. दुर्गा पौडेल ।

 

गुल्मी – बैशाख ३ गते कालिगण्डकी गाउँपालिका प्रमुख वक्ता का. दुर्गा पौडेल ।

डोटी – केआईसिंह गाउँपालिकाको वायल बजारमा प्रमुख वक्ता का. मनोज भट्ट, जोराइल गाउँपालिकाको चन्नकट्टेमा बैशाख ५ गते प्रमुख वक्ता का. मनोज भट्ट, शीखर नगरपालिका प्रमुख वक्ता का. मनोज भट्ट ।

कैलाली – गोदावरीमा चैत्र २५ गते प्रमुख वक्ता का. मनोज भट्ट, अत्तरीया चैत्र २७ गते प्रमुख वक्ता का. नन्दराज भट्ट र का। हरिकृष्ण पाण्डे, धनगढी उपमहानगरपालिकाको राजपुरमा चैत्र २८ गते प्रमुख वक्ता का. नन्दराज भट्ट र का.हरिकृष्ण पाण्डे ।

कञ्चनपुर – बेलौरी न.पा. तथा बेलडाडी गा.पा.को संयुक्त सभा बेलडाडीको चवन्नी बजारमा बैशाख २ गते प्रमुख वक्ता का. नन्दराज भट्ट र का. राजाराम चौधरी, भिमदत्त नगरपालिकाको महेन्द्रनगरमा बैशाख ६ गते प्रमुख वक्ता का. नन्दराज भट्ट र का. राजाराम चौधरी ।

सुर्खेत – लेकबेसी नगरपालिकाको लेखफर्सामा प्रमुख वक्ता का. रामप्रकाश पुरी ।

रौतहट – प्रमुख वक्ता का. हिमलाल पुरी र का. धर्मानन्द सुवेदी ।

बारा – प्रमुख वक्ता का. हिमलाल पुरी र का. धर्मानन्द सुवेदी ।

उक्त आमसभाका कार्यक्रम बाहेक काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नवलपुर, चितवन, रुपन्देही, नवलपरासी, पाल्पा, स्याङ्जा, कास्की, म्याग्दी र पर्वतमा पनि आमसभाका कार्यक्रमहरु राखिने छन्, जसको मिति र वक्ताहरु पछि तोकिने छ ।
धन्यवाद !

मिति : २०७८ चैत्र २४

दुर्गा पौडेल
उपाध्यक्ष, प्रवक्ता तथा सांसद

 

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार