अर्घाखाँचीमा ठुलो दुर्घटना हुनबाट जोगियो पोखराको बस

चैत २५ अर्घाखाँची ।
पोखरा-३१,वेगनासताल स्थित साना किसान कृषि सहकारीबाट भ्रमणको लागि बुटवल,प्युठान हुँदै अर्घाखाँची आएको बस सन्धिखर्क-२,भलायडाडा ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना हुने अवस्था आउँदा चालकको साबधानीले बस सडकको माथिल्लो साइडमा ठोक्किएर अडिएको छ ।
बसमा सवार ३० जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको अन्य व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घटना भएको थाहा पाएलगत्तै जिल्ला प्रहरी र स्थानीयको सक्रियतामा घाइतेहरुको उद्दार गरि जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको निम्ति पठाइएको बताइएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार