अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युवक संघ र अखिल( छैठौं)को संयुक्त जिल्ला स्तरिय चुनावी भेला सम्पन्न भएको छ ।
भेलालाई राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेस सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसीले सम्बोधन गर्नु भएको थियो ।
भेलामा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेस सदस्य तथा जिल्ला सचिब बाबुराम पन्थी, अखिल नेपाल युबक संघ केन्द्रिय सचिब कुलराज खनाल ,अखिल ( छैठौं ) केन्द्रिय अध्यक्ष देवेन्द्र कुवर, जनजाती सम्मेलनका केन्द्रिय सचिव उषा पुन, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष जिवनारायण खनालले शुभकामना मन्त्वय राख्नुभएको थियो।
भेलामा अखिल (छैठौं) केन्द्रीय सदस्य टेकराज भुसाल, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री, जातिय समताका मीन बहादुर बिक लगायतको आतिथ्यता रहेको थियो।
भेलाले कुलराज खनालको संयाेजक रहेको २५सदस्यीय युवक विद्यार्थी परिचालन समिती र ठाकुर पन्थीको संयोजक रहेको २५१ सदस्यीय प्रचार प्रचार समिती गठन गरेको छ ।