रुपन्देहीको बनबाटिका नजिकै खुल्यो डाली रेष्टुरेन्ट

बुटवल, चैत ३० ।
रूपन्देहीको तिलोत्तमा स्थित शंकरनगरवनवाटिका नजिकै डेढ करोडको लगानीमा डाली रेष्टुुरेन्ट सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिका १ शंंकरनगरमा सञ्चालन गरिएको रेष्टुुरेन्ट नयाँ बर्षको दिनदेखि औपचारीक रुपमा शुरु हुनेछ । रेष्टुुरेन्टले बुुधबार पत्रकार सम्मेलन गरि २०७९ सालको शुरुवातसँगै नयाँ शैलीमा डालीको शुुभारम्भ गर्न लागिएको जनाएको हो ।

विगत १८ बर्षदेखि जापानमा होटेल क्षेत्रमा काम गरेका कृष्ण घिमिरेले स्वदेशमै रोजगारीको वातावरण सृजना गर्ने गरि रेष्टुुरेन्ट सञ्चालनमा ल्याएको बताए । गुुल्मी मुसिकोटा जन्मिएका घिमिरे अहिले तिलोत्तमा शंकरनगरमा बसोबास गर्छन । अहिले पनि जापानको टोकियोमा ४ वटा होटल सञ्चालन गरेका उनले आफ्नै ठाउँमा पारिवारिक रेष्टुरेन्ट सञ्चालन गरिएको बताए । ‘झण्डै १५ वर्ष जापान र भारतकाका बिभिन्न शहरहरुमा काम गरे, जापानमै बस्न पनि सकिन्छ, नेपालमा पनि केही संख्यामा भएपनि रोजगारी दिलाउन सकिन्छ भनेर लगानी गरेको छुु’ उनले भने ।

तिलोत्तमा नगरपालिकाकोे नजीकै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणको केन्द्रविन्दु लुम्बिनी आउने पर्यटकहरुलाई आकर्सित गर्ने गरि रेस्टुरेन्ट तयार पारिएको संचालक घिमिरेले बताए । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई नेपाली स्वाद डालीबाट चखाउने लक्ष्य रहेको उनले बताए । विवाह पार्टी, ब्रबन्ध, पारिवारिक जमघट,सेमिनार,गोष्ठीका लागि मध्यनजगर गरेर संरचना बनाइएको व्यवस्थापक बिष्णु आचार्यले बताए । १ सय ५० जना अट्ने क्षमताको हल, जन्मदिन र बैबाहिक वर्षगाठ मनाउँनको लागि २ वटा क्याविन गार्डेनसँगै ७ वटा खरले छाएका कटेज ३ वटा खुल्ला कटेज निर्माण गरिएको छ । गार्डेन सँगै फाउन्टेन ,हरियाली वातावरणसँगै विभिन्न नयाँ स्वाद लिन पाइने आचार्यले बताए ।
शंकरनगर वनवाटिकासँगै नजिकै रहेकाले त्यहाँका पर्यटकहरुले समेत शान्त वातावरणमा बसेर पारिवारिक भोजन गर्न सक्ने व्यवस्थापक विष्णु आचार्यले बताए ।शंकरनगर बनबाटिकाबाट ५सय मिटर पूर्व हरियाली सहित सञ्चालन गरिएको डाली विहिबार एक समारोहका विच उद्घाटन गरिने छ । नयाँ बर्षको अवसरमा १० प्रतिशत छुट दिइएको आचार्यले बताए ।
मिसन एग्रो टुरिजम प्राली मार्फत संचालन भएको डालीमा १८ जनाले रोजगारी पाएका छन । मिसन एग्रोले कृषी, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने उदेश्य राखेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार