अर्घाखाँची । राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीका जिल्ला सदस्य तथा युवा नेता कविराम खनालले अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चालाई कमजोर नसम्झिन चेतावनी दिएका छन्।
खनालले साेमवार साँझ सामाजिक संजाल फेसबुक मार्फत अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चालाई कमजोर नसम्झिन चेतावनी दिएका हुन।
खनालले लेखेका छन् जाे जससँग सम्बन्ध राख्दछ राजमाे अर्घाखाँचीले भाेली बाेल्ड निर्णय लिदै छ राजमाेलाई कमजोर नसम्झ।
नेता खनालको यो पाेष्टले अर्घाखाँचीमा केहि नयाँ निर्णय आउने देखिएको छ।
उता जिल्लामा ५ दलिय गठबन्धन दलहरुले स्थानिय तहमा भागबन्डाका लागि छलफललाई जारी राखे पनि अहिलेसम्म सहमतीमा पुग्न सकेका छैनन्।
अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चा बिना गठबन्धन भएमा एमालेले सहजै हराउने अनुमान गरिएको छ।
गत २०७४ सालको स्थानीय चुनावी परिणामलाई हेर्दा पनि भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमाेर्चाले एक्लै चुनाव जित्ने देखिन्छ।
२०७४ सालको चुनावमा राष्ट्रिय जनमाेर्चाका उम्मेदवारलाई कांग्रेस- माओवादी गठबन्धनका उम्मेदवारले थोरै मतले जितेका थिए ।