अघाँखाँचीको भूमिकास्थानका पाँच वटा वडामा राष्ट्रिय जनमोर्चाले वडाअधयक्ष पदका उम्मेदवार घोषणा गरेको छ ।
राजमो जिल्ला अधयक्ष थम्मन केसीले मंगलबार एक अपील प्रकाशित गर्दै उम्मेदवार घोषणासहित राजमोलाई जिताउन जनतासँग आग्रह गर्नुभएको छ ।
सो अपीलमा राष्ट्रियता तथा गणतन्त्रको रक्षा, महंगी र भ्रष्टाचारको अन्त्य तथा संघीयता र एमसीसीका विरुद्ध राजमोलाई भोट दिन आग्रह गरिएको छ ।
राजमोले नगरपालिकाको वडा नं १ मा भोजराज खनाल, २ मा बुद्धिबहादुर थापा, ३ मा कृष्णप्रसाद बन्जाडे, ४ मा बाबुराम पन्थी र ५ मा शिवप्रसाद बन्जाडेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नगर प्रमुख र उपप्रमुखको नाम भने राजमोले अहिले घोषणा गरेको छैन । देशभरमै सबैभन्दा पहिले गठबन्धनको निर्णय गरेको अर्घाखाँचीमा हालसम्म तालमेलको टुंगो भने लागेको छैन ।