४ कक्षादेखि १२ कक्षासम्म नै महिनावारी शिक्षा

काठमाडौं ।  

महिनावारी शिक्षा सन्दर्भ सामग्री सार्वजनिक भएको छ । औपचारिक शिक्षामा प्रभावकारी रुपमा महिनावारी तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी भएका तीनवटा किताब सार्वजनिक गरिएको हो ।

राष्ट्रिय महिनावारी सञ्जाल र ग्लोबल एक्सन नेपालको संयोजनमा सोमबार सार्वजनिक गरिएको उक्त सन्दर्भ सामग्रीमा विद्यालय शिक्षामा महिनावारीलाई कसरी व्यवस्थापन गर्नेबारे उल्लेख गरिएको छ ।

उक्त सन्दर्भ सामग्रीमा कक्षा ४ देखि कक्षा १२ सम्मको औपचारिक शिक्षामा महिनावारी र त्यससँग सम्बन्धित विषयलाई समट्नका लागि छुट्टाछुट्टै विषय समेटिएको छ ।

सन्दर्भ सामग्रीबारे राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले प्रकाशनले नीति निर्माण तहमै सहयोग गरेको बताउनुभयो । उहाँले छुट्टाछुट्टै संस्थाहरूले गरेको अध्ययन भन्दा सामूहिक अध्ययन नीति निर्माण तहमै प्रभावकारी भूमिका खेल्ने भन्दै प्रसंशा गर्नुभयो ।

उक्त सामग्रीबाट पाठ्यक्रममा समेटिने पाठ्यक्रम विकास केन्द्रकी सुमन सिलवालले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा उपस्थितत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी रमा अर्यालले औपचारिक शिक्षामा महिनावारीको विषय समेट्नका लागि मन्त्रालयको प्रतिबद्ध रहेको बताउनुभयो ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मधुसुदन सुवेदीले अब विद्यालय र विश्व विद्यालयले नै समाजमा मर्यादित महिनावारीबारे अग्रसर हुनुपर्ने बेला भएको बताउनुभयो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार