मदन भन्डारीलाई आज सम्झँदा !

लुम्बिनी अञ्चलममा कम्युनिष्ट पार्टीमा लाग्दा वारेन्टेड भएका थियाै हामी । पार्टी कामले वनारस पुष्पलाललाई भेट्ने क्रममा विद्यार्थी मदन, लेखक र गायक मदनलाई भेटेका थियाैं । २०३३ सालमा मुक्तिमाेर्चा कब्जा गरेर वृहद एकता अभियानका दाैरान काे-अर्डीनेशनमा सामेल भइसक्दासम्म हामी मदन भन्डारीलाई पूर्णरूपमा संगठनमा लगाउने प्रयासमा लाग्याैं । जागीर तथा घरव्यवहारकाे साेंचबाट मुक्त भएपछिका मदन भन्डारीलाई नेकपा मालेले संगठनकाे वैचारिक नेता मान्न थाल्याे । २०४६ काे संयुक्त जनअान्दाेलनकाे नेतृत्व पछि मदन भन्डारीकाे प्रभाव जनतामाझ पर्देगयाे । पार्टीकाे चाैथाे माहाधिवेशन र पाचाैं माहाधिवेशनबाट उहाँ नेकपा एमालेकाे प्रमुख नेता चुनिनु भयाे । उहाले प्रस्तुत गरेकाे बहुदलीय जनवादकाे विचारले वामखेमामा गहिराे प्रभाव पार्याे । राजधानीमा बहालवाला प्रधानमन्त्रीलाई अाम चुनावमा पराजित गरे पछि मदन भन्डारीकाे प्रभावले थप उचाइ पायाे । ज्युँदा कार्लमार्क्सकाे चर्चासम्म पायाे ।
माले मार्क्सवादी एकीकरण पछि पार्टीकाे गाेंगबुमा बसेकाे राष्ट्रिय परिषदकाे बैठकमा हामीले “जनताकाे” थपेर “जनताकाे बहुदलीय जनवाद” नामाकरण गरेका थियाैं । सुरूदेखि जबजकाे बिपक्षमा सिपी मैनाली झलनाथ खनाल माेहनचन्द्र अधिकारीहरू लगायत रहेका थिए ।
परम्परागत रूपकाे कम्युनिष्ट संगठन र नेतृत्वकाे ढाचाले( केन्द्रबाट निर्देशित हुने)मात्र जनताकाे बहुदलीय राखेर अघि बढ्न स्वभाविक रूपले सकिदैनथ्याे । २०४६ भदाै मालेकाे चाैथाे माहाधिवेशनदेखि अान्तरिक जनवादकाे संघर्षले पाँचाै माहाधिवेशन २०४९ मा अाउँदा बहस अघि बढ्याे मात्र. निर्णयमा पुग्न सकेन । बहुपद सहितकाे अध्यक्षात्मक सांगठनिक ढाचाकाे मत थाेरै देखियाे । नेकपा एमाले कम्युनिष्टहरूकाे एकीकृत पार्टी बन्नेक्रम जारी रह्याे । पार्टी सुदृढीकरण तथा एकीकरणमा लागेका नेता द्वय मदन भन्डारी र जीवराज अाश्रितकाे दासढुंगामा दुखद निधन भयाे । यसकाे सत्य तथ्यकाे माग अाज पनि जनताकाे रहेकाे छ । याे कल्पना बाहिरकाे अपूरणीय क्षति थियाे ।
त्यस पछि माधव नेपाल माहासचिव बने । २०५१ काे निर्वाचनमा अल्पमतकाे सरकार बन्ने अवस्थामा यसमा जान हुन्न भन्ने राधाकृष्ण मैनालीहरू थिए । पार्टीले मनमाेहन अधिकारीलाई प्रधान मन्त्री र माहा सचिव माधव नेपाल उपप्रधान मन्त्री बनायाे।
पार्टीमा सुस्तरी जबजलाई पन्छाउने र सत्तामाेह जगाउने काम नेतृत्वले गर्न थाल्याे । फलस्वरूप पार्टी एक रहन सकेन छैटाैं माहाधिवेशनमा माधव नेपाल र वामदेव पदकाे तानातालाई माहाकाली देखाएर पार्टी बिभाजन गरे ।
नेकपा एमालेमा जबजकाे झन्डा बाेक्ने बहुमत जमात हुँदाहुँदै यसकाे नेता नहुने अवस्था देखिन थाल्याे । मदन भन्डारी र जीवराजकाे निधन पछि जबज बिराेधीहरू अग्ला देखिन थाले । माहासचिव माधाव नेपाल न बिराेध न समर्थनकाे पाेजिशनमा थिए, जनकपुरकाे साताै माहाधिवेशनसम्म । के पी अाेली पनि साताै माहाधिवेशनमा जबजकाे नेतृत्व गर्नेपक्षमा उभिन अाँटेकाका थिएनन् । बुटवलकाे अाठाैं माहाधिवेशनमा अाउँदा माधव नेपालकाे जबज बिराेधी तिर माैन समर्थन देखियाे । झलनाथ खनाल पार्टी अध्यक्ष भए । पार्टी भित्र जबज बिरूद्ध गतिबिधि हुन थाले । मदन भन्डारीकाे तस्वीरले वहाकै विचार ढाकेर सत्तामा जाने हाेडले प्रस्रय पाउन थाल्याे । पार्टी गुटकाे अखाडा हुँदै गयाे । नवाैं माहाधिवेशनमा जबज बिराेधीहरू एउटै पार्टीमा दुई प्यानलकाे निर्वाचन ढाचामा गए । माधव नेपाललाई पराजित गरेर केपी शर्मा अाेली अध्यक्षमा बिजयी भए । पार्टीमा जबजले दह्राे अाड पाएन । छिर्केमिर्के विचारकाे केन्द्र बन्याे एमाले ।
नेकपा बनाउने धुनमा जबज छाडेकाे परिणाम हाे वामखेमा भित्र दक्षिणपन्थीहरूकाे घुसपैठ र बिध्वंश पनि । संगठन विचारले चल्ले सत्यलाई भिडले चल्छ भनेर सिद्ध नहुने नकारात्मक शिक्षा लिन सके पछिपरन्तुलाई काम लागिरहन्छ ।
अहिले जननेता मदन भन्डारीकाे ७१अाैंं जन्मजयन्ती , मदन अाश्रित विहीन २९ वर्षहरूमा देशले भाेगेका समस्या र समाधानका प्रयत्नसँग हेरिनु पर्छ भन्ने मलाई लागेकाे छ । २००९ साल असार १४ गते जन्मेका जबजका प्रणेता जननेता मदन भन्डारीमा जन्मजयन्तीकाे यस अवसरमा हार्दिक श्रद्धा सुमन !

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार