अक्सफोर्ड मावि बुटवलमा असार पन्ध्र विशेष कार्यक्रम सम्पन्न

असार १५ बुटवल ।      राष्ट्रिय धान दिवसका अवसरमा बुटवलको अक्सफोर्ड माध्यमिक विधालयले आफ्ना विद्यार्थीहरूको बिचमा कार्यक्रम  सम्पन्न गरेको छ।
विधार्थीहरूलाई देशको संस्कृति झल्किने गरी कृषि पेसा र कृषकहरूले गर्ने कामको बारेमा  स्पष्ट पारिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले किसानहरूले मनाउने असार पन्ध्रको समेत झल्को मेटिने गरी विभिन्न पोस्टरहरू तयार पारेर  कृषि पेसाको महत्त्व विषयमा बोलेका थिए ।
असारे गीत गाउँदै कृषि पेसामा आवश्यक पर्ने औजारहरू अवलोकन गर्दै विधार्थीहरूले विद्यालयमा विभिन्न  क्रियाकलाप गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसाल,  उपप्राचार्य मोहन खनाल, चिरञ्जीवी सापकोटा विद्यालयका एडमिनिस्टेटर घन बहादुर थापा लगायतले आफ्ना अनुभवसहितको मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप  प्रमुख कपिल ढकालले विद्यालयले विगतका वर्षदेखि नै नेपाली संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रममा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको र त्यसैको निरन्तरताको लागि आजको कार्यक्रम पनि आयोजना गरेको बताउनुभयो । 
ढकालले अक्सफोर्ड परिवार नेपाली संस्कृतिको जगेर्नाको लागि तत्पर रहेको र विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेर नेपाली माटो  हाम्रा मूल्य, मान्यता , चालचलन र संस्कृति जगेर्नागर्ने किसिमका कार्यक्रम विद्यार्थीको बिचमा ल्याइरहने कुराको जानकारी गराउनुभयो ।
कार्यक्रममा विद्यालका विद्यार्थी तथा शिक्षकहरूलाई दही चिउरा वितरण गरिएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार