
असार १६। कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा परि अखिल (छैठौं)का पुर्व जिल्ला सदस्य अस्मिता खनालको मृत्यु भएको छ। भने एकजना घाइते भएका छन ।
जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा सडकको किनारमा रोकिराखेको ट्याक्टरमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मोटरसाईकल ठोक्किदाँ १९ बर्षिय अस्मिता खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक शिबराज नगरपालिका ३ मदवा बस्ने बर्ष १८ का बिमल पाण्डेको दुबै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार अखिल (छैठौं)का पुर्व जिल्ला सदस्य शिवराज न पा ३ निवासि अस्मिता खनालको टाउकोमा चोट लागि गम्भिर घाईते भएकी थिइन ।
खनालको उपचारको क्रममा बुधबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुशन्धान भैरहेको कपिलवस्तु प्रहरीले बताएको छ ।
खनाल करिब ३ वर्षसम्म अखिल (छैठौं) कपिलवस्तु जिल्ला सदस्य पदमा रहि संगठनमा विद्यार्थी आन्दोलनमा सक्रिय रुपमा काम गर्नुभएको थियो ।