
बैशाख ३० अर्घाखाँची । कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले जिल्ला प्रशासनले जिल्लालाई पूर्णरुपमा अनिश्चितकालका लागि सिल गर्ने निणर्य गरेको छ ।
कपिलवस्तुका विभिन्न क्षेत्रमा गरि २९ जना सक्रमित भेटिए पछि अद्र्दाखाँचीमा सत्रर्कता अपनाइएको छ ।अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक्न सन्धिखर्क गोरुसिंगे सडकखण्डअन्तर्गत सीमा क्षेत्र पथ्थरकोट लगायतका सीमा जोडिएका अन्य ठाउँमाप्रहरी परिचालन गरेको छ ।
कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रह्यो, सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेका हौं, सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताउनु भयो ।
स्रोत: Arghakhanchibulletin.com