३९ वर्षसम्म अध्यापन गराएका शिक्षक हिमलाल खनाललाई बिदाई

अर्घाखाँची ।     अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका १ अजुन चाैतारा स्थित आम्बोट आधारभूत बिद्यालयमा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार बिद्यालयले अवकाश भएका विद्यालयका प्रधानाध्यापक हिमलाल खनाललाई एक भव्य कार्यक्रमकाबीच बिदाई गरिएको हो । 

बिदाई भएका शिक्षक हिमलाल खनालले आफ्नो अध्यापन कार्यकाल ३९ बर्ष सहयोग पुराउने सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका छन् । आफ्नो शिक्षण कालमा देशको लागि सयौं जन शक्ति उत्पादन गरेको उल्लेख गरेका छन् ।

त्यस्तै, कार्यक्रमका प्रमुख अथिति तथा भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष गाेपाल प्रसाद खनालले हिमलाल खनालले शिक्षा क्षेत्रमा पुराएको योगदानको चर्चा गर्दै उहाँको शैक्षिक क्षेत्रमा खाचो रहेको र उज्ज्वल भविष्यको कामना समेत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्रधानाध्यापक पद हस्तान्तरण गरेका शिक्षक रामप्रसाद खनालले बिधालयको  सबै खाले सहयोगको अपेक्षा राख्दै विद्यालयको हितको लागि सदैब तयार रहने उल्लेख गरेका थिए । 

कार्यक्रममा वडा सदस्य मेघराज खनाल, गाेपाल नेपाली, चमकली नेपाली, पुर्व वडाध्यक्ष भाेजराज खनाल, बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष युवराज खनाल, प्रगतिशील पत्रकार संघ नेपालका प्रतिनिधि टेकराज भुसाल लगायत शिक्षक,अभिभाबककाे सहभागीता रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण खनालको अध्यक्षता, शिक्षिका बिष्णु भुसालको संचालन र शिक्षिका सिर्जना खनालको स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

 

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार