
बुटवल । जेनस हस्पिटल एण्ड रिसर्च प्रा.लि.बुटवललको आयोजनामा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ।
शनिबार कुसे औसि तथा बुवाको मुख हेर्ने दिनको अवसर तथा हरितालिका तिज २०७९ को उपलक्ष्यमा तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा जेनस हस्पिटलका बरिष्ठ फिजिसियन डा. लोकेन्द्र देव भट्टले उपस्थित सम्पूर्णलाई शुभकमना ब्यक्त गर्नुभएको थियो।
जेनस हस्पिटलका संचालक डाक्टर मोहन सिहंले जेनस हस्पिटल बुटवल उपत्यका बाहीरको सुबिधा सम्पन्न हस्पिटल बनेको र आउने दिन मा उच्चस्तरको जेनस हस्पिटल संचालन गर्ने तयारी भैरहेको कुरा समेत बताउनु भएको थियो !
त्यस्तै जेनस हस्पिटलका संचालक डा. सारदा सिहंले सबै महिला दिदी बैनीको साझा चाड हरितालिका तीज भएको र महिला दिदी बैनीले नै समाज रुपान्तरण गर्न सक्छन भन्दै सहभागी सबै मा शुभकामना दिनुभएको थियो।
कार्यक्रममा डा.दिपक यादव, डा.आनन्द अग्रहरी, डा.लाल ब कार्की , डा. गौतम मिश्र , डा. जगन्नाथ यादव, डा. मिलन के सी, ई. प्रेम ब. हिमाल,दिपक थापा , रामु खरेल , लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रम शिवप्रसाद उपाध्ययकाे संचालनमा सम्पन्न भएको थियो।