बागलुङबाट चित्रबहादुर केसी, प्युठानबाट दुर्गा पौडेल उम्मेदवार

काठमाडौ ।

राष्ट्रिय जनमोर्चाले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ बागलुङ र प्युठानमा उम्मेदवार तय गरेको छ ।

बागलुङ क्षेत्र नं १ बाट अध्यक्ष चित्रबहादुर केसी र प्युठानबाट उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार बन्नुहुने भएको छ ।

शनिबार (भदौ १८ गते) बसेको राष्ट्रिय जनमोर्चा संसदीय बोर्डको बैठकले दुई जिल्लाका उम्मेदवार सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभा र प्रदेश सभातर्फका बाँकी उम्मेदवारहरु समेत तय भइसेको र क्रमसः सार्वजनिक गरिने अध्यक्ष केसीले प्रेशित गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘आज मिति २०७९ भाद्र १८ गते राष्ट्रिय जनमोर्चाको संसदीय बोर्डको बैठक बोर्डका प्रमुख का. चित्रबहादुर केसीको अध्यक्षतामा बस्यो । बैठकले विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिश भई आएका उम्मेदवारको सुचिमाथि छलफल ग¥यो । प्रदेश तथा केन्द्रका लागि उम्मेदवारको रुपमा सिफारिस भई आएका कमरेडहरुका बारेमा आवश्यक निर्णयहरु भएका छन् । जुन क्रमशः सार्वजनिक गर्दै जाने छौँ । तत्काल बाग्लुङको प्रतिनिधि सभाको १ नम्बर निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी र प्यूठान प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य का दुर्गा पौडेललाई उम्मेदवारको रूपमा अगाडि सार्ने बैठकले निर्णय गरेको छ । उक्त निर्णयलाई सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।’

पाँचदलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठानमा गरी कम्तिमा दुई क्षेत्रलाई आफ्नो बटम लाइन बनाउँदै आएको छ । त्यस्तै, प्रदेश सभातर्फ राजमोले बागलुङ, अर्घाखाँची, दाङ, गुल्मी, डोटी, कर्णालीको एक क्षेत्र र काठमाडौंमा गरी सात क्षेत्रमा दाबी गरेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार