बुटवलको कालिका, न्यूहोराइजन, कान्ति र नविन औद्योगिक माविमा तालाबन्दी

बुटवल । चर्को शैक्षिक शुल्क, छात्रावृत्ति वितरणमा अपार्दशिता, शैक्षिक सामग्री विक्रिमा सिन्धिकेट लगायतका विरुद्धमा बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयमा ताला लगाइएको छ ।

बुटवलको कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यूहोराइजन माविको लेखा शाखामा ताला लगाइएको हो ।विद्यर्थाी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले मँगलबार विहान ती विद्यालयहरुमा आफ्ना माग सम्बोधन नभएको भन्दै तालाबन्दी गरेको हो ।

बुटवल उपमहानगरपालिकाको शिक्षा शाखालाई बोधार्थ गराउँदै संगठनले माग पूरा नहुँदासम्म चरणबद्ध आन्दोलन जारी राख्नेगरी तालाबन्दी गरिएको जनाएको छ । संगठनका जिल्ला अध्यक्ष पारस राहदीले क्रमैसँग जिल्लाका अन्य पालिकाहरुमा समेत आफ्नो आन्दोलन र संघर्षका कार्यक्रमलाई अगाडी बढाउने बताए ।

सामुदायिक विद्यालयहरुले अभिभावकहरुबाथ सहयोग स्वरुप रकम लिन सक्ने भएपनि सोही बहाना बनाएर चर्को शैक्षिक सुल्क उठाउने गरेको उनको आरोप छ । यसैगरी राज्यले निशुल्क उपलब्ध गराउने शिक्षा जस्तो संवेदनशिल विषयमा विद्यालयहरुले मनोमानी शुल्क असुल्नुका साथै शैक्षिक सामग्रीहरु खरिदका लागि समेत एकै ठाउँबाट खरिद गर्नुपर्ने गरी अप्रत्येक्ष रुपमा सिन्धिकेट लगाइएको संगठनको आरोप छ । यसैगरी निजी शैक्षिक संस्थाहरुले महङ्गो शैक्षिक शुल्क अुल्नुका साथै विद्यालयमा अनिवार्य उपलब्ध गराउनु पर्ने शैक्षिक छात्रावृत्ति पारदर्शी नभएको आरोप लगाइएको छ ।

आन्दोलनमा रहेको अनेरास्ववियु (क्रान्तिकारी)ले एक महिनाअघि आफ्नो विभिन्न शैक्षिक माग राख्दै सम्बन्धित स्थानीय निकाय तथा शैक्षिक संस्थाहरुसँग सहमती गरेको भएपनि सो अनुसार नभएपछि तालाबन्दी गर्नुपर्नेको जिल्ला अध्यक्ष राहदीले बताए ।

आफ्ना शैक्षिक मागहरु सम्बोधन नुहँदासम्म चरणबद्ध आन्दोलन जाने बताउँदै उनले सांकेतिक रुपमा यहाँका ठूला शैक्षिकसंस्थाहरुबाट आन्दोलन सुरु गरिएको बताए ।

विद्यालयमा लागेका तालाबन्दी खुलाउनका लागि आन्दोलनरत पक्षसँग एक चरणको छलफल भइसकेको बुटवल उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणी खनालले बताएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)का मतृ पार्टी नेकपा बहुमतका जिल्ला संयोजक सुनिल बनजडेसँग आन्दोलनका बारेमा छलफल भएको उनले बताए । विद्यार्थीहरुले राखेका केही मागहरु जायज भए पनि ती मागहरु केन्द्रसरकार र नीतिगत सुधारका विषय भएको उनले बताए । आन्दोलनरत विद्यार्थी संगठनसँग पनि छलफलको तयारी रहेको खनालले बताए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार