बुटवल कालिका क्याम्पसमा विज्ञापन प्रतियोगिता सम्पन्न

बुटवल ।    बुटवलको बुटवल कालिका क्याम्पसमा विज्ञापन प्रतियोगिता आइतबार सम्पन्न भएको छ।

विद्यार्थीहरुकाे सिकाइ अभिवृद्धिकाे लागि आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागी ११ जना विद्यार्थीहरुले भिडियो विज्ञापन सहित आफ्नो प्रस्तुति देखाएका थिए।

उक्त प्रतियोगितामा बि.बि.एस प्रथम बर्षका मधुसूदन नेपालको समूह प्रथम, बि.बि.एस दोस्रो बर्षका राजु सुनारको समुह दोस्रो र बि.बि.एस प्रथम बर्षको शैलेश पन्थीको समुहले तेस्रो स्थान हासिल गरेका थिए।

कार्यक्रममा बाेल्दै क्याम्पस प्रमुख घनश्याम पाठकले क्याम्पस स्थापना गर्ने योजना बनाएको दिन देखि अहिलेसम्मको संघर्ष र सफलताको जानकारी गराउदै यहाँ सम्म आउन विद्यार्थीहरुको पनि साथ सहयोग रहेको बताएका थिए।

कार्यक्रममा श्याम प्रसाद सापकोटा बि.बि.एस संयोजक बुद्धिराम चौधरी, केशव न्यौपाने, प्रभात पौडेल लगायतको आतिथ्यता रहेकाे थियो।

कार्यक्रम श्याम प्रसाद सापकोटाले संचालन गरेका थिए।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार