बुटवलमा समाचार-फिचर लेखन सम्बन्धि प्रशिक्षण सम्पन्न

बुटवल भदौ ३० । रुपन्देहीको बुटवलमा ४ दिने समाचार-फिचर लेखन सम्बन्धि प्रशिक्षण बिहीबार सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकाे आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको संयोजनमा भदौ २७ गतेदेखि संचालन भएको प्रशिक्षण आज सम्पन्न भएको हो।

समापन कार्यक्रममा मुख्य प्रशिक्षक डा. सुरेश आचार्य , पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे , पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष डा. बालकृष्ण चापागाई ,प्रशिक्षक रामप्रसाद दाहाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले कार्यक्रममा मन्त्वय राख्नुभएको थियो।

कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, उपाध्यक्ष अमृता अनमोलकाे स्वागत मन्तव्य तथा कार्यबाहक सचिव बिरेन्द्र कुवरकाे सञ्चालनमा सम्पन्न भएको थियो। 

२६ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त प्रशिक्षणमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डा. सुरेश आचार्यले समाचार-फिचर लेखन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो।

त्यस्तै प्रशिक्षक राम प्रसाद दाहालले लिङ्ग र लैङ्गिकताको अवधारणा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार