आफ्नै आगनका ढुंगा आफ्नै सम्म भन्न सकिन

# गजल#

आफ्नै आगनका ढुंगा आफ्नै सम्म भन्न सकिन।
दुर्भाग्यवश संविधानका अंकमा ती गन्न सकिन।

मुखिया प्रधान संग संका उब्जेको छ जनतामा,
नियत के होला अाज त मैले पनि जान्न सकिन।

कति सहनु दिन दिनै भुमि गुमेको छ मौनतामा,
यो कायर पनमा साच्चै मैले वीर मान्न सकिन।

एक मुठि सास र एकथोपा खुन रहदा सम्म देश,
स्वाभिमान ले अाखा चिम्म गरि सुमपन सकिन।

जाल रहिछ थापेको उसले अहिले थाहा भयो,
न्याउरीको हाल सत्तुर मित्तुर नै छान्न सकिन।

मुकुन्द राज रोका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार