
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई डेंगु लागेको छ ।
केही दिन अघि भारतबाट नेपाल आएका महामन्त्री सिहंको उपचार बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भैरहेको छ ।
८७ वर्षिय नेता सिंहलाई लुम्बिनी प्रादेशिक अस्पतालको ७ नम्बर बेडमा आज असोज ११ गते भर्ना गरिएको हो ।
महामन्त्री सिंहको उपचारमा संलग्न डाक्टर शम्भु खनालले डेंगु फिवर देखिएको र श्रिरमा कमजोरपन रहेको बताए ।
१ सय २ डिग्री ज्वरो अहिले १ सय १ डिग्रीमा झरेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डाक्टर शम्भु खनालले जानकारी गराएका छन् ।
डाक्टर खनालका अनुसार शुरुको चरण भएकाले स्वास्थ्यमा छिट्टै सुधार आउने छ ।