अर्घाखाँचीमा जनमाेर्चा गठबन्धबाट बाहिरियाे, प्रदेशमा छुट्टै उम्मेदवार उठाउने

अर्घाखाँचीमा राष्ट्रिय जनमाेर्चा पाँच दलीय गठबन्धनबाट बाहिरिएकाे छ।

केन्द्रमा पार्टीले सत्तारूढ दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरे पनि प्रदेशमा कुनै तालमेल नरहेकाे भन्दै अर्घाखाँचीमा छुट्टै उम्मेदवार उठाउने निर्णय भएकाे अध्यक्ष थम्मन केसीले जानकारी दिए।

‘हाम्राे पार्टी पाँच दलीय गठबन्धनमा सहभागी छैन। बाग्लुङ र प्युठानका केही क्षेत्रमा तालमेल मात्रै भएकाे हाे,’ अध्यक्ष केसीले भने,‘अर्घाखाँचीबााट हामीले प्रदेश सभा सदस्यका लागि आफ्नै किसिमले उम्मेदवार उठाउन लागेका छाैँ। यसमा अनाैठाे मान्नुपर्ने केही छैन।’

अध्यक्ष केसीका अनुसार राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीले प्रदेश सभा (क)मा सागर केसी र प्रदेश सभा (ख)मा जीवलाल पाैडेल (गाेपाल)लाई उम्मेदवार बनाउने निर्णय भएकाे छ।

प्रतिनिधि सभामा भने उम्मेदवार उठाउने वा नउठाउने भन्ने बारे टुङ्गाे लागेेका छैन। ‘प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारबारे अझै टुङ्गाे लागेकाे छैन, सायद साँझ ५ बजेभित्र त्याे पनि हुन्छ। यदि भएन भने संघमा गठबन्धनलाई साथ दिन पनि सकिन्छ,’ केसीले भने।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार