भारतीय अतिक्रमर्णको बिरोध गर्दा पाल्पामा राष्ट्यि जनमोर्चाका नेता गिरफ्ता

श्यामलाल पोखरेल
बुटवल, बैशाख ३१ ।
दार्चुलाको नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक विस्तार गरेको कार्यको राष्ट्यि जनमोर्चाले देशभर बिरोध प्रदर्शन गरेको छ । नेपाली भूमिमाथि दिदाहाडै भारतले गरेको अतिक्रमण बिरुद्द राष्ट्यि जनमोर्चाले आफ्नो स्थापना कालदेखि नै आवाज उठाउंदै आएको छ । केही दिन अघि भारतले एकतर्फी रुपमा कालापानी क्षेत्रमा पर्ने नेपाली भूमि अतिक्रण गरी सडक विस्तारको बिरोधमा राष्ट्यि जनमोर्चा पाल्पाले बिरोध प्रदर्शन गरेको छ । बुधबार पाल्पा जिल्ला प्रशासन कार्यालय अगाडी बिरोध सभा गरिरहेको बेला प्रहरीले राष्ट्यि जनमोर्चाका नेता सोमकुमार कार्कीसहित आठ जनालाइ गिरफ्तार गरेको छ । सभा सम्मेलन र बिरोध गर्न पाउने लोकतान्त्रिक अधिकारमाथि ठाडो हस्तप गरी आफ्नो पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले अभद्र व्यवहारसहित गिरफ्तार गरेको राष्ट्यि जनमोर्चा पाल्पाका सचिव तिलक गाहाले तत्काल विज्ञप्ती निकाली प्रहरी हस्तषेपको बिरोध गर्नुभएको छ । प्रहरीले अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे,) राजमो पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामी, राजमो जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, महिला संघ केन्द्रिय सदस्य नर्मती सिंजाली, अखिल छैठौं केन्द्रिय सदस्य सुदिप पौडेल, अखिल नेपाल युवक संघपाल्पा जिल्ला कोषाध्यक्ष बिस्नु कुमार नेपाली र अखिल छैठौंका रापस सुमन पौडेललाइ प्रहरीले बल प्रयोग गरी गिरफ्ता गरेको जिल्ला सचिव तिलक गाहाले जानकारी गराउनु भएको हो । गिरफ्तार राष्ट्यि जनमोर्चाका नेता तथा कार्यकतालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । नेता तथा कार्यकर्ताहरुलाई तत्काल विना सर्त रिहा नगरेर सरकारका बिरुद्द भोलीदेखि देशभर आन्दोलन गर्ने सचिव तिलक गाहाले बताउनु भएको छ । कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा वर्षो अघिदेखि नेपाली भूमि अतिक्रमण गरेर भारतले आफ्नो साम्राज्य फैलाउन लागेको भन्दै राष्ट्यि जनमोर्चाले बिरोध गरेको सोही पार्टीका केन्द्रिय सदस्य सोमकुमार काीर्कीले बताउनु भयो । भारतले मिचेका सबै ठाउंका नेपाली भूमि फिर्ता नहुंदासम्म र भारतीय सेनालाई कालापानीबाट नहटांदासम्म आन्दोलन जारी रहने अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरेले बताउनु भएको छ । भारतले नेपालको सार्वभौमिकतामाथि दिन दाहाडै हस्तक्षे गरिरहंदा पनि कम्युनिष्ट खोल ओढेको ओली सरकार मुक दर्शक बनेकाले भारतले आफ्नो साम्राज्य नीति अनुसार नेपाली भूमि अतिक्रमण गरिरहेको राष्ट्यि जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताउनु भयो । हालै नेपालको भुमी अतिक्रमण गरि भारतीय साम्राज्यवादले सडक निर्माण गरेको भूमि र कब्जा गरिएको नेपाली भुमी फिर्ताको लागि भारतीय साम्राज्यवादको विरुद्ध बिरोध गर्दा प्रहरी हस्तक्षेपको व्यवहार निन्दनीय रहेको सचिव तिलक गाहाले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार